हरिप्रसाद पौडेल/ हुन त कोरोना भाइरस सन २०१०–२०१२ वाट नै देखिन थालेको भन्ने वैज्ञानिक मत छ । तर सन २०१९ डिसेम्वरको अन्त्यमा देखापरेको यो कोरोना (कोभिड–१९) भाइरस सन २०१०–२०१२ मा देखिएको प्रकृतिको थिएन । र यो भाइरस सर्वप्रथम चिनको वुहान प्रान्तमा देखाप¥यो ।

जुनवेला चिन–अमेरीका संयुक्त सैन्य अभ्यासका लागी अमेरीकी सेना समेत चिनमा पुगेको थियो । त्यतीवेला चिनमा यसको प्रभाव देखिन थालेपछी सरकारका एकजना प्रतिनिधिले यो अमेरीकी सेनावाट चिनमा प्रवेश गरेको भनी शंकास्पद अभिब्यक्ति दिएका थिए र त्यसको ठाडो प्रतिपाद अमेरीकाले तत्कालै गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) देखा परेको अत्यन्तै छोटो अवधिमा यस भाइरसले विश्व भ्रमण गरीसकेको छ र आफ्नो वलियो उपस्थिती विश्वमा देखाएको छ, पुग नपुग ८० दिनमा नै विश्वभर करीव चारलाख नागरीकहरु मा संक्रमण गराई १६००० वढीको ज्यान लिइसकेको यो भाइरसले पछिल्लो समय चिनमा कम प्रभाव देखाएको छ भने अमेरीकी मुलुक का साथै विशेष गरी युरोपीयन देशहरुलाई तहसनहस पारीरहेको छ र एशियामा आक्रमण गर्ने तयारीमा देखिन्छ ।

आफ्ना सवै ५३ वटै राज्यमा संक्रमण गराइसकेको, ३२००० भन्दा वढी संक्रमीत वनाएका र करीव ५०० जनाको ज्यान लिइसकेको यो भाइरसलाई सर्वशक्तिमान मानिएको राष्ट्र अमेरीकाले यो चिनले उत्पादन गरेको हो भनेर यसको नाम नै आफ्नो आधिकारीक मनतब्यमा चिनिया भाइरस उल्लेख गरेर मनतब्य सार्वजनीक गरेका छन् विश्वा स्वास्थ्य संगठनले यो भाइरस चिनले उत्पादन गरेको होइन भन्दै अमेरीकालाई चिनिया भाइरस नभन्न दिएको चेतवानी समेत ट्रम्पले मानेको देखिदैन ।

उता चिनिया राष्ट्रपती सि ले हामिमाथि गरीएको आाक्रमण चिनिया जनताले जनयुद्ध मार्फत पराश्त गरेको सार्वजनीक अभिब्यक्ति दिएका छन् ।

विश्वमा अपत्यारीला अनगिन्ती घटनाहरु घटित भइरहेका हुन्छन् नै केही इतिहाँस यसको साछि छ भने केही हाम्रा जिवनकालमा देख्ने–भोग्ने गरीएको छ । अपत्यारीला कारणहरुले अप्रत्यासित घटनाहरु घटाइरहेको विश्व परिवेश रहेको छ ।

भनिन्छ दोस्रो विश्व युद्धको कारण कुनै सुन्दरी थिइन । शक्ति राष्ट्रहरुले आफ्ना प्रभाव विश्वमा देखाइरहन समय समयमा विभिन्न किसिमका हर्कत गरीनै रहेका हुन्छन्, चन्द्रमामा मानव पुगेको घटना होस या बेलायती साम्राज्यवादको दक्षिण एशिया मा परेको प्रभाव वा पछिल्लो समयमा विकास गरिएका प्रविधि या विश्व ब्यापारको सन्दर्भ समेत किन नहोस आफुलाई विश्वमा वलियो देखाउने होडवाजी आज पर्यन्त चलिनै रहेको छ ।

कतै यसैको निरन्तरता होइन यो कोरोना ? सन १०९० को दशकमा विध्यालयमा इतिहासको पढाइका क्रममा तत्कालीन विषय शिक्षकले तेस्रो विश्वयुद्ध हाम्रै पालामा हुने सम्भावना रहेको र त्यो युद्ध जैविक युद्ध हुन सक्छ भन्ने आँकलन गरेको सुन्नपाइन्थ्यो ।

चिनवाट सुरुभएको कोरोना प्रभाव चिनमा नियन्त्रणमा रहँदा पारेको विश्वब्यापी प्रभावको असर देख्दा र अमेरीका र अमेरीका र चिन विच आरोप प्रत्यारोप चलिरहदाँ तथा दुइ दसक अगाडीका ति जैविक युद्ध हुन सक्ने आसंका गरीएका भनाइ सम्झदा कतै यो विश्वयुद्ध त होइन भनेर संका गर्न सकिने ठाँउ प्रसस्त छ ।

विश्वनै यसको प्रभावमा रहेको छ, अमेरीकाले एक औषधि निर्माता कम्पनीलाई अत्यन्तै ठुलो धनराशि सहित प्याटेण्ट राइट आफुमा रहने गरी प्रस्ताव गरेको समाचार होस वा आफु सुरक्षित रहेको सन्देश सहित अन्य मुलुकहरुमा कोरोनाको विरुद्ध सचेतना र आवश्यता परेमा सहयोग गर्न समेत सुरुआत गरेको चिनलाई हेर्दा यसले उग्ररुप लिने निश्चय गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले अव कोरोना ले दक्षिण पूर्वि एशियामा प्रभावित गर्न सक्ने आँकलन गर्दै दक्षिण पूर्वि एशियाली मुलुकहरुले कोरोना संग लड्नलाई गरेको तयारी विरुछ घुमाउरो असन्तुष्टी जाहेर गरीरहेको वेला एशिया र विशेष गरी सार्कमा आफुलाई महाशक्ति मान्ने राष्ट्र भारतले सार्कमुलुकहरुको भिडियो कन्फरेन्स गरी पाकिस्तान संग चिढिएको आफ्नो सम्वन्धलाई सुधार्न प्रयासरत रहनु र पाकिस्ताने भारतको सो प्रस्तावलाई प्रतिकृयात्मक समर्थन (स्मरण रहोस एतिवेला भारतको ठुल्दाई प्रवृत्तिका कारण पकिस्तानमा हुनेभनिएको सार्क सम्मेलन अनिश्चित जस्तै वनीरहेको छ भने भारतको अगुवाईमा भएको भिडियो कन्फरेन्समा पाकिस्तानी प्रधानमन्त्रि इम्रान खान आफु उपस्थित नभएर आफ्ना प्रतिनिधिलाई सहभागी गराएका थिए ।) गर्दै केही समय पछि आफु र आफ्नो मुलुल चिनको सहयोग वाट प्रभावित वनेको र चिन संग निरन्तर सम्पर्कमा रहेको सार्वजनीक गरेका थिए ।

भारतले पािकस्तानलाई फुल्याउन खोज्नु, पाकिस्तानले चिनको निरन्तर सम्र्कमा रहेको प्रतिकृया दिनु, विश्व स्वास्थ्य संगठनले कोरोनाले अवका दिनमा दक्षिण पूर्वि एसियामा प्रभाव पार्नसक्ने अनुमान गर्दै मानव निर्मित भाइरस हो की भनी आशंका गर्नु र अमेरीका चिन विचको टकराव सतहमा आउनुले यो सम्भावित युद्धको प्रारम्भिक चरण हो भनेर अनुमान गर्न थप वल पुगेको छ ।
कोरोनालाई स्वास्थयको दृष्टिकोणवाट यसका प्रभाव र अवस्था वारे हामिले जानाकारी पाइराखेकानै छौ, र यसको फरक पाटो के हो ?

न भिडभाड न कोलाहल आफ्नो प्रभाव विश्वब्यापी वनाइरहेको छ र विश्वलाई आर्थिक मन्दितर्फ धकेलीरहेको त छ नै मानव सभ्यतामानै असरपार्ने अवस्थाको सृजना हुने हो की भन्ने चिन्ता सर्वत्र छाइरहेको छ, यस भाइरसको आक्रमण वाट विशेष गरी दिर्घरोग वाट प्रभावित भइरहेका र जेठो उमेरका ब्यक्तिहरु शिकार भइरहेका छन् भने वालवालीका र वयस्कहरु समेत अछुतो रहेका छैनन् ।

मृत्यूको मुखमा पुगेकाहरुको त वेग्लै कुरा भयो जो यस संक्रमणवाट वाँच्न सफल हुन्छन् उनिहरुको जिनमा समेत प्रभाव पर्ने आँकलनहरु हुन थालेका छन् । हिरोसिमा र नागासाकीमा अमेरीकाले गरेको आणवीक आक्रमणको प्रभाव आज पर्यन्त त्याहाँका मानिसहरुमा जेनेटिक प्रोवोलमको रुपमा रहीरहेको छ त्यसैगरी कोरोनाको समेत यसैगरी प्रभाव पर्ने अनुमान गर्न थालिएको छ ।

यसको प्रभाव नपर्ला भन्न सकिन्न ।कोरोना आक्रमण वाट विश्व अछुतो रहन नसकेको हुँदा अव हामीसवै यसको विरुद्धमा लाग्न जरुरी छ, यो लडाइका लागी प्रत्यक ब्यक्ति आफै सिपाई हो र त्यो लडाई आफ्नो प्रवृत्ति विरुद्ध हो ।

चाहे खानपान, चाहे सस्कार संस्कृति चाहे सामाजिकीकरण, सवैवाट वाहीर निस्केर आफ्नो शरीर आफै क्वारेण्टाइनमा वसेर यो विश्वयुद्ध जित्न सकिन्छ अन्यथा हामिपनी इतिहाँसको पानामा मृत्यूको संख्यामा गणना हुने छौ वेलैमा होस पु¥याऔ, सरकारात्मक वनौं, सरकारी आदेशको पालना गरौं र यो युद्ध जितौं । लेखक गैरसरकारी संस्था महासंघका अध्यक्ष हुन् ।

Leave a Reply