शिब बोहोरा/ घरायसी बिबादमा श्रीमतीको हत्या शिब बोहोरा बागलुङ,६ चैत्र घरायसी झगडाको बिषय लाई लिएर बागलुङको ढोरपाटन नगरपालिकामा श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । ढोरपाटन नगरपालिका ७ गाडीलुङका ६३ बर्षिय देवीराम विकले फलामको हतियार गैची प्रहार गरी ५५ बर्षिया श्रीमती गैरा बिकको हत्या गरेका हुन् ।

दुईजना बिच सामान्य भनाभन हुदा आवेगमा आई बुधबार राति श्रीमती गैरा विकलाई गैँची प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

बुधबार दिउँसो आफनो छोराको घर निर्माण सम्पन्न भएको खुसियालीमा भोज भतेर कार्यक्रम रहेको र दिउँसो देखी बढी मदिरा सेवन गरेका विकले सामान्य विवादमा एक्कासी श्रीमतीको टाउकोमा गैँची प्रहार गर्दा गैराको घटना स्थलमै मृत्यु भएकोे इलाका प्रहरी कार्यालय बुर्तिबाङका सूचना शाखा प्रमुख शालिकराम भुसालले बताउनुभयो । देविरामलाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply