उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी हुने पालिका भित्रका सबै १ सय ६८ जना विद्यार्थीलाई खाजा र यातायात खर्च दिएको छ ।

एसईइ परीक्षामा सहभागी हुनका लागि म्याग्दीको सदरमुकाम बेनी र गाउँपालिकाकै घारमा पुगेका विद्यार्थीलाई प्रति विद्यार्थी १ हजार दिने गाउँपालिका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो ।

‘विद्यार्थीलाई आफ्नो क्षेत्रमा फर्किन आवश्यक समन्वय पनि गर्नेछौ,‘ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी थप परीक्षाको तयारीमा समेत सघाउँछौ’ पुनले भन्नुभयो । गाउँपालिकाकामा रहेका माध्यामिक विद्यालयमध्ये वडा नं ६ घार र ८ वडाको हिमाञ्चल माविका ५० जना विद्यार्थी सदरमुकाम बेनीमा छन् ।

अर्को सूचना जारी नहुदाँसम्म विद्यार्थीलाई आवश्यक कोचिङ सहितको ब्यवस्था गर्न वा तयारीमा प्रयाप्त समय दिन समेत सम्बन्धि विद्यालयलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै दोबा, भुरुङ, दाना, नारच्याङ, शिख, पाउद्धार मावि, हिस्तानका विद्यार्थी मुक्तिमार्ग मावि घार केन्द्रबाट परीक्षा दिने तयारीमा रहेको अवस्थामा तत्काल सहयोगको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए ।

उनले आगामी दिनमा समेत विद्यार्थीको अनुकुल हुने गरी परीक्षामा आवश्यक सहजीकरण गने बताएका छन् । गाउँपालिकाले कोरोना भाइरसको जोखिमबाट जोगिन सार्वजनिक कार्यक्रमहरु नगर्न समेत निर्देशन दिएको छ ।

Leave a Reply