अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीको शनिबार सदरमुकाम बेनीमा शपथ–ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले हालै गठित ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई शपथ–ग्रहण गराएका हुन् ।

शपथ–ग्रहण गराउँदै केन्द्रीय सदस्य पौडेलले अबको विद्यार्थी आन्दोलन गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न र बेरोजगारी समस्या हटाउनेतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ र कार्यालय सदस्य बालकृष्ण सुवेदीले नेकपा नेतृत्वको सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋणसम्बन्धी सेवासुविधा सुरु गर्नुका साथै शैक्षिक नीतिमा परिवर्तन गरेको बताएका थिए ।

उक्त कार्यक्रममा नेकपाका नेताहरु सुरत केसी, सन्तोष रावल, कृष्णकुमार विश्वकर्मा र कुशल पौडेलले मन्तव्य राखेका थिए । अनेरास्ववियुका जिल्ला संयोजक सुवास विश्वकर्माको अध्यक्षता र सहसंयोजक रेशम केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ईश्वर सुवेदी स्वागत गरेका थिए ।

Leave a Reply