दोस्रो रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगितामा देउराली आधारभुत विद्यालयले प्रथम भएको छ । रघुगंगा गाउँपालिका–२, रुईसेटोलस्थीत अन्नपूर्ण आधारभुत विद्यालयमा न्यु जेनेरेशन युथ क्लवले बिहिबार आयोजना गरेको प्रतियोगितामा सिद्धार्थ ज्ञान मन्दिर द्धितिय, नर्थस्टार बोर्डिङ्ग तृतिय र मुक्तिथाम माविले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

गाउँपालिकाको वडा नं १,२ र ३ नं वडाका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेताले क्रमश ३५ सय, २५ सय, १५ सय र १ हजार नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष रिमबहादुर कटुवालले विद्यार्थीको कितावी ज्ञानलाई समेत सहज हुने परी रचनात्मक क्रियाकलापलाई अगाडी बढाउनुपर्ने बताए । उनले यूवा क्लवलेको खेलकुद सहित विभिन्न कार्यक्रमहरुले समुदायमा सहज भएको बताए ।

वडा अध्यक्ष कटुवालले समेत विजेतालाई १५ सय, १ हजार र ५ सय प्रदान गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष रिमबहादुर कटुवालले विद्यार्थीको कितावी ज्ञानलाई समेत सहज हुने परी रचनात्मक क्रियाकलापलाई अगाडी बढाउनुपर्ने बताए ।

उनले यूवा क्लवको खेलकुद सहित विभिन्न कार्यक्रमहरुले समुदायमा सहज भएको बताए । सोही अवसरमा क्लवका पूर्व अध्यक्ष एवम् म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष हरि भण्डारीले हाजिरीजवाफ प्रतियोगिताले ज्ञानको प्रतिस्पर्धासँगै विद्यालय बीचको एकता र सहकार्यमा समेत सघाउने बताए ।

कार्यक्रमको सभापतित्व शान्त बहादुर भण्डारी, स्वागत कोषाध्यक्ष भिमकुमारी भण्डारी र सञ्चालन सचिव राम्जी भण्डारीले गरेका थिए । प्रतियोगिताको अवसरमा प्रगतिशील आमा समूह, नारायण भण्डारी, बिकल कार्की लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग रहेको क्लवले जनाएको छ ।

Leave a Reply