बेनी नगरपालिका–५, पुलाचौरका नरबहादुर खत्री हातले भूइँमा घिस्रिएर श्रीमतिको उपचारमा पोखराको मणिपाल अस्पतालमा छन् । पुर्णरुपमा अपाङ्ग खत्रीले श्रीमतिको उपचारमा सघाउने प्रयास मात्रै गरेका छैनन् । हिड्नै नसक्ने अवस्थामा घिस्रिएर श्रीमति इश्वरीको उपचारमा आर्थिक संकलन जुटाउने देखि आफन्तलाई सहयोग याचना समेत गर्ने गर्दछन् । मुटु, कलेजो, छारे लगायत करिव ९ थरी रोगबाट ग्रसित इश्वरीको उपचारमा नरबहादुरले आर्थिक जुटाउने देखि घिस्रिएर भएपनि बेडसम्म पुग्छन् ।

श्रीमतिलाई उनले दिएको साथ र सहयोग जुटाउन गरेको प्रयासले अस्पतालमा रहेका बिरामी समेत भाबुक हुने गरेका छन्। अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीले समेत उनको प्रयासमा सघाइरहेका छन्।एकमहिनामा उनले सहयोग जुटाउन बेनीसम्म आए, फर्किएर अस्पतालमा पुगेर समेत सहयोगका लागि फोनमार्फत हारगुहार गरिरहेको दृष्यले समेत त्यहाँ बेडमा पल्टिएका बिरामीहरुको आँखा रसाइरहेका छन्।

ह्विलचेयरमा राखेर श्रीमानलाई विभिन्न ठाउँमा सहयोग जुटाउन जाने इश्वरी नै सिकिस्त बिरामी भएपछि नरबहादुर दुईमहिना यता मन्दिर र सार्वजनिक स्थानमा सहयोग जुटाउन सकेनन् ।‘श्रीमति नै मेरो जीवनको साहरा हो,‘उनी निको भएपछि मैले हातमुख जोड्न पाउँछु’ नरबहादुरले भने ।

उनले श्रीमतिको सहयोगमा आर्थिक जुटाएर विहानबेलुकी एकछाक खाने गरेको अवस्थामा धेरैदिन भोकभोकै उपचारमै खटिनुपरेको खत्रीको भनाई छ । बिरामी हुदाँ खाना पकाउने र लुगा फेरिदिने नरबहादुरले श्रीमति निको भए जीवनलाई सहयोग जुटाएरै जीवन निर्वाह गर्ने बताए ।

उनको उपचारमा विभिन्न चरणमा ओमकुमारी शान्ति कोषले सहयोग गरेको छ । बाटोखर्च र रोग पहिचान गर्न कोषले सहयोग गरेको उनले बताए । जटिल समस्याका कारण उनको उपचारमा हालसम्म ३ लाखभन्दा धेरै खर्च भएको छ भने गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको पहलमा उपचारमा निकै राहत पुगेको छ ।

अस्पतालबाट उपलब्ध हुनुपर्ने सहुलियत सुविधाका लागि समेत मन्त्री पुनका स्वकिय सचिव प्रकाश पौडेलले समेत निरन्तर सहयोग गरेका छन् । उनले अस्पतालमा पुगेर स्वास्थ अवस्थाका बारेमा जानकारी सहित विभिन्न सहयोगका लागि पहल गरिरहेकाले इश्वरीको उपलब्ध गराउने अनुदान बाहेक ब्यक्तिगत सहयोग आवश्यक रहेको बताए ।

नर बहादुर खत्री म्याग्दी ।
9847762009

Leave a Reply