म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले फराकिलो अन्तरले अग्रता लिएको छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा बेनी नगरपालिकाले एथ्लेटिक्समा ११ स्वर्ण, ४ रजत र ३ काँस्य कबड्डी २ स्वर्णसँगै मार्सल आर्टको कराँते ६, उसु ६ र टेक्वान्डोमो ६ स्वर्ण पदक समेत जितेको छ ।

कुल ३१ स्वर्ण सहित बेनी नगर अग्रस्थानमा रहेको छ भने छात्र भलिबलमा १ स्वर्ण, एथलेटिक्समा १ स्वर्ण, ५ रजत र १ काँस्य सहित अन्नपूर्णले पच्छाइरहेको छ भने मंगला गाउँपालिका एथ्लेटिक्समा १ स्वर्ण सहित ५ रजत र १ काँस्य, धवलागिरी गाउँपालिका १ स्वर्ण, १ रजत र ३ काँस्य, रघुगंगा गाउँपालिका १ स्वर्ण, ३ काँस्य पदक, मालिका गाउँपालिका ४ रजत, ३ काँस्यपदक जितेको सुचना अधिकारी विरेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार बिहिबार छात्र भलिबलमा मालिका र मंगला गाउँपालिकाको फाइनल खेल, २ सय मिटर ४ सय, ३ हजार मिटर दौड, ४ सय इन्टु ४ सय छात्र, ज्याबलिङ थ्रो, त्रिपल जम्पको खेल बाँकी रहेको बताए ।

कवड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम, मंगला गाउँपालिका दोस्रो र मालिका तेस्रो भएका थिए भने छात्रातर्फ बेनी नगरपालिका प्रथम, अन्नपूर्ण दोस्रो र मालिका तेस्रो भएको खेलकुद प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका थिए ।

उद्घाट समारोहमा गण्डकी प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । स्थानीय तहलगत्तै जिल्लास्तरीय खेलमा आउनु पर्ने भएपछि केही विद्यालयले कक्षा १० को परीक्षा नै स्थागित गरेर समेत खेलमा सहभागी गराएका छन् ।

यसैबीच कार्यविधिमा पुरस्कारको स्पष्ट प्रावधान नभएकाले विजेता खेलाडीलाई उपलब्ध गराइने पुरस्कारको निश्चित भएको छैन् । स्थानीय तहले १५ लाखसम्म बजेट खर्च गरी सम्पन्न गरेको राष्ट्रपति कपको जिल्लास्तरमा ब्यवस्थापन खर्च हुने भएपनि खेलाडीले मेडल र प्रमाणपत्र मात्रै लिएर जाने भएका छन् भने गाउँपालिकाले आवश्यक यातायात सहितको खर्चको ब्यवस्थापन गरेको छ ।

Leave a Reply