पर्बतको सदरमुकाम कुश्माको शिवालयचोकमा आज दिउँसो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर थकालीलाई ठक्कर दिदाँ उनको उपचारको क्रममा ज्यान गएको हो ।

मुस्ताङबाट पोखरा जाँदै गरेको बसले दिउँसो १२ बजेर ४५ मिनेट जाँदा थकालीलाई ठक्कर दिएको थियो । थकालीको उपचारको लागि जिल्ला अस्पताल पर्बतमा लगिएको र उपचारको क्रममा चिकिस्सकले केहि बेरमा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । अहिले बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिए ।

Leave a Reply