एकसाता अगाडी हराएकी बागलुङकी एक बालिका चितवनमा फेला परेकी छन् । काठेखोला गाउँपालिका–७ रेसकी १३ वर्षीया सन्ध्या बस्याल भरतपुर चितवनबाट फेला परेकी हुन् । बालिका हराएको तस्वीर सहित समाचार प्रकाशित भएपछि खोजीकार्यमा सहज भएको थियो ।

नविन बस्याल र ममिकला चर्मकारी छोरी सन्ध्या गत माघ १७ गतेदेखि बेपत्ता भएकोमा समाचारसँगै खोजीकार्यलाई तिब्रता दिएपछि हुलियाको आधारमा फेला पारिएको प्रतिक बस्यालले बेनीअनलाइनलाई बताए । करिव एकसाता अगाडी बेपत्ता भएकी सन्ध्या नुन्नथला माविका अध्ययरत छिन् । गहुँगोरो अनुहार भएकी, कालो कपाल,अन्दाजी चार फिट उचाईको सुचनाको आधारमा प्रहरीले बाटोमा फेला पारेको थियो ।

Leave a Reply