बागलुङ जिल्लाको तमाखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको वडा नम्बर १ बोगांदोभानमा दुलही लिन जन्ती लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो । दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् ।

म्याग्दी मालिका २ का बर्ष ४८ का मनप्रसाद पुन, बर्ष २९ को चालक रमेश घर्ति, बर्ष ४२ का खगेन्द्र पुन र बर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भिर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टरमा २०र२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

Leave a Reply