लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालको तेस्रो क्याबिनेट वैठक म्याग्दीको सदरमुकाम बेनीमा हुने भएको छ । यही माघको आउँदो २४ र २५ गते म्याग्दीस्थित विभिन्न लायन्स क्लबहरुको आयोजनामा क्याबिनेट वैठक गर्न लागिएको हो ।

मङ्गलबार तेस्रो क्याबिनेट वैठक मूल तयारी समितिको आयोजनामा छलफल तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरी वैठकको विषयमा जानकारी गराइएको छ । वैठकमा मूल तयारी समितिका संयोजक सन्तोष रावलले पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर म्याग्दीमा लायन्स क्लबको तेस्रो क्याबिनेट वैठक आयोजना गरिएको जानकारी गराउँदै उक्त वैठकमा १२ सयजना लायनहरुले सहभागिता जनाउने बताए ।

तेस्रो क्याबिनेट वैठकको विषयमा प्रकाश पार्दै लायन्स क्लबका कोच एडभाइजर चन्द्रकुमार केसीले संसारका २ सय ११ ओटा देशहरुमा लायन्स क्लब रहेको हुँदा नेपालमा ४ ओटा डिस्ट्रिक रहेको जानकारी दिए । उनले म्याग्दीका दुईवटा विद्यालय विमको किसानी मावि र तोरीपानीको गलेश्वर माविमा भवन निर्माणमा लायन्स क्लबबाट सहयोग गरिएको बताउँदै तोरीपानीमा नवनिर्मित विद्यालय भवनको तेस्रो वैठकको अवसरमा उद्घाटन गरिने बताएका छन् । उनले बेनी अस्पतालमा पनि तेस्रो वैठककै अवसरमा कार्यक्रम गरिने बताए ।

हालसम्म वैठक सम्पन्न गर्न स्थान पहिचान, पत्राचार, अतिथि व्यवस्थापन, प्रचारप्रसारलगायत कामलाई तीव्रता दिइएको तेस्रो क्याबिनेट वैठकका लागि ६ सय जनाले रजिष्टेशन गरिसकेका छन् । तेस्रो क्याबिनेट वैठकको उद्घाटनसत्रमा जिल्लास्थित विभिन्न जातजातिहरुको भेषभूषा र झाँकी, नौमती पञ्चेबाजासहित खुलामन्चबाट प्रभातफेरी ¥याली निकालिने भएको छ । वैठकको अवसरमा म्याग्दी आउने लायनहरुलाई प्रसिद्ध तातोपानी कुण्ड, पर्यटकीयस्थल लभ्लीहिल, धार्मिक क्षेत्र गलेश्वर र पौलस्त्य पुलहाश्रमसम्म भ्रमण गराइनेछ ।

अन्तत्र्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले लायन्सको तेस्रो क्याबिनेट वैठकले जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले क्याबिनेट वैठकलाई सफल बनाउन प्रशासनको तर्फदेखि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रम मूल तयारी समितिका संयोजक सन्तोष रावलको अध्यक्षता तथा स्वागत र लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि पनि लायन्स क्लबको क्याबिनेट वैठक म्याग्दीको बेनीमा नै सम्पन्न गरिएको थियो ।

Leave a Reply