जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत प्रभावित भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा करिव चारफिट हिउँले आवतजावत गर्ने पदैलमार्ग नै पुरिदिएपछि गाउँपालिकाको केन्द्र मुना आउन समस्या भएको हो ।

गूर्जा हुदै देउराली, लुलाङसम्म आइपुग्न स्थानीयले जंगलमा बैकल्पिक मार्गको प्रयोग गर्ने गरेको जनकल्याण मावि गूर्जाका ब्यवस्थापन समितिका अध्यक्ष गुनाराम छन्त्यालले बताए । ‘चट्टानजस्तै हिउँ नपग्लिदाँ आवतजावतमा समस्या भएको छ,‘समान्य बाटो बनाएर आएका छौ’ छन्त्यालले भने । उनका अनुसार गूर्जा गाउँको हिउँ पग्लिएपनि जंगलमा बाख्लो हिउँका कारण बालबालिका, बृद्धबृद्धालाई आवतजावतमा समस्या भएको बताए ।

गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउरालीमा करिव चार फिट हिमपात भएको छ ।देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो । चट्टानजस्तै हिउँका कारण पदमार्ग पुरिएको छ भने गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने स्थानीय अलपत्र गरेको वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताए ।

‘गाउँको अवस्था समान्य बन्दै छ,‘विद्यालय आइतबारदेखि सुचारु भएको छ’ छन्त्यालले भने । उनका अनुसार केही यूवाले आइतबार गाउँबाट आउने क्रममा हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाएपनि साँझ उक्त ट्याक्क पुरिने बताए । ‘मौसममा अझै परिवर्तन भएको छैन्,‘बर्षाका कारण हिमपात जारी छ’ छन्त्यालले भने।

उनका अनुसार पैदलमार्गमा करिब चार फिट हिउँ जमेपछि आवतजावतको क्रममा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी खाद्यान्न सहितको साम्रागी ढुवानीको तयारीमा रहेका खच्चड सहित भरियारलाई समेत सर्तकता अपनाउन अनुरोध गरिएको बताए ।

ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाई छ । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन्। गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गर्ने गरेका छन् । हिमपातले मसिर देखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ ।

Leave a Reply