जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग

0
249

धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको एक यूवाले फरक शैलीबाट जन्मदिन मनाएका छन् । जिल्लाको मंगला गाउँपालिका–५ अर्मन स्थायी घरभई हाल मंगला गाउँपालिकामा कार्यरत जगत बानियाँले जन्मदिनमा विद्यार्थीलाई शैक्षिक साम्रागी तथा नगद वितरण गरेका छन् ।

जन्मदिनमा बानियाँले सारदा आधारभुत विद्यालयमा कक्षा १ देखि ७ सम्म अध्ययनरत १ सय ३३ जना विद्यार्थीलाई स्टेशनरी साम्रागी तथा अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद १ हजार वितरण गरेका हुन् ।  ‘जन्मदिनमा विद्यार्थीलाई सहयोग गरेको छु,भविस्यमा पनि विद्यार्थीलाई सम्झने छु’ बानियाँले भने ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर खत्री, पूर्व अभिभावक समितिका अध्यक्ष भिम बहादुर बानियाँ, मंगला गाउँपालिका योजना शाखा प्रमुख सिजन रोका लगायतको उपस्थिति रहेको थियो ।