म्याग्दीमा ७१ औँ विश्व मानव दिवसको अवसर पारेर दिप प्रज्वलन गरिएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा म्याग्दीको आयोजनामा विरेन्द्रचोकमा साँझ दिपप्रज्वलन गरेर दिवस मनाईएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अदालत म्याग्दीका न्यायधिस माधवेन्द्र राज रेग्मीले पछिल्लो समय मानव अधिकार हनन् हुने कार्य कम भएता पनी मानव अधिकारको बिषयमा सबैतिर शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मानव अधिकारको कार्यक्रममा पछिल्लो समय चोसो कम दिन थालिएको बताउदै मानव अधिकारको बारेमा सबैले आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मानवअधिकारको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सभापती कोमल प्रसाद उपाध्याय र सञ्चालन हरिप्रसाद ढुंगानाले गर्नुभएको थियो । दिप प्रज्वलन गर्ने मैन बार एसोशियसन म्याग्दीका अध्यक्ष चिरञ्जीवी शर्मा सहयोग गर्नुभएको थियो । भने कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारर्की, कार्यालयका प्रमुख लगाएतको उपस्थित रहेको थियो ।

Leave a Reply