रीरमा रहेको विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्किने गर्छ । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । यसले कालान्तरमा मूत्रनलीमा संक्रमणजस्ता विभिन्न समस्या निम्त्याउन सक्छ ।

कारण

 

पिसाबथैलीमा पत्थरी हुनु पनि पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मिर्गौलामा पत्थरी, मधुमेह, मेरुदण्डमा चोट, कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ । साथै, विभिन्न संक्रमका कारणसमेत पिसाब पोल्ने समस्या हुन सक्छ । कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रूपमा बाहिर नआउँदा समेत पिसाब पोल्ने गर्छ । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने गर्छ ।

परिणाम

पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुने गर्छ । यद्यपि, पुरुषको तुलनामा महिलामा अझ बढी देखिन्छ ।पाठेघरको मुख, मूत्रनलीजस्ता अंग एकै ठाउँमा हुने भएकाले संक्रमण छिटो फैलिन्छ ।      कतिपय महिलामा बाँझोपनको समस्या हुने खतरासमेत बढेर जाने गरेको पाइन्छ ।गर्भ नरहने, रह्यो भने पनि तुहिने, अपांगता भएको बच्चा जन्मिने, छिटो वा समय नपुगी बच्चा जन्मिनेजस्ता खतरा हुने गर्छ ।

लक्षण

पिसाब पोल्ने समस्या भएमा मूत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा पहेँलो हुने, पटक–पटक पिसाब लागिरहने, तर थोरै मात्र आउनेजस्ता समस्या हुने गर्छ । लामो समयसम्म उपचार नगरेमा जटिलता बढ्दै जाने गरेको पाइन्छ । बिस्तारै महिलाको पाठेघरमा असर गर्ने र पुरुषमा अण्डकोष सुन्निने समस्या हुन्छ ।

उपचार

शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन ।यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ । पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुन सक्ने भएकाले समयमै चेकजाँच गराएर उपचार गरिहाल्नुपर्छ । नत्र, पछि गएर पिसाब पोल्ने समस्या जटिल रोग बन्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply