बाह्र बर्ष अगाडी सफलता, १२ बर्षपछि सम्मान

बाह्र बर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान नेपाली समाजमा परिचित छ । त्यही उखानसँग मेल खानेगरी म्याग्दी जेसीजले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई सम्मान गरेको छ । बि.श २०६४ साल मंसिर ११–१३ गतेसम्म खुल्लामञ्च बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी आवासीय माविका खेलाडी एपेन्द्र तिलिजालाई दोसल्ला, कदरपत्रले सम्मान गरेको छ ।उक्त समयमा म्याग्दी जेसीजका अध्यक्ष प्रमोद श्रेष्ठ थिए ।

बेनी आवासीय र जनप्रिय मावि दरबाङ बीचको फाइनल खेलमा तिलिजाले ३ –३ गोल बराबरी चलिरहेको अवस्थामा तिलिजाले १ गोल थप गदैं प्रतियोगितामा विद्यालयलाई उपाधीसँगै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए । अमेरिकामा रहेका तिलिजाको सम्मान लिन उनका बुबाआमा रामबहादुर र भुनु तिलिजाले गण्डकी प्रदेशका सांसद विनोद केसीबाट सम्मानपत्र लिएका थिए । तिलिजाका बुबाले उत्कृष्ट र आमाले सर्वाधिक गोलकर्ताको सम्मान लिएका थिए । विद्यालयबाट क्याप्टेनका भएर ५ र ६ औ जेसीज कप जिताउन सफल तिलिजाले कक्षा ७ देखि जेसीज प्रतियोगितामा खेलेका थिए ।

विद्यालयस्तरका खेलमा निकै उत्कृष्ट खेल देखाउन सफल तिजिलाले कालिपुल यूनाईटेडमार्फत समेत निरन्तर खेल सञ्चालन गरेका थिए । उनले खेलकुदमार्फत विभिन्न सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय रहेको अवस्थामा आफ्नो पुरानो मेहनतलाई जेसीजले सम्झिएकोमा धन्यवाद दिए । ‘१२ बर्ष पछाडी सम्मान पाउँदा निकै उत्साहित छु,‘त्यो सम्मानले बाल्यकालको सम्झना भयो’ तिलिजाले भने । उनले जेसीजक कप प्रतियोगिता म्याग्दीको फुटबलका लागी मेरुदण्ड जस्तै भएको बताए ।

‘म्याग्दीका सबैजसो फुटबल खेलाडी जेसीज कपबाटै देखिएका छन्,‘यहाँ फुटबल खेल्ने खेलाडीलाई चिन्न सकिन्छ’ तिलिजाले बेनीअनलाइनलाई भने । उनले धैर्य गर्न सकेपछि एक न एक दिन पुरानो सफलताले स्थान पाउने एउटा उदाहरणको रुपमा सम्मानलाई लिएको बताए । यता म्याग्दी जेसीजका अध्यक्ष खम थापा मगरले हरेक बर्षका उत्कृष्ट, सर्वाधिक गोलकर्ता तथा रेफ्रीलाई सम्मान गर्ने बताए । उनले ल १८ औँ जेसीज कप फुटवल प्रतियोगितामा उक्त विधाका विजेताको अबको १२ बर्षपछि सम्मान पाउने बताए । सम्मानले खेलाडीलाई थप हौसला मिल्ने बताउँदै छोराहरुको सफmताले अभिभावकमा समेत उत्साह थपिने बताए।