पत्रकार महासंघको भवन बनाउन बेनी नगरपालिकाले जग्गा सहयोग

नेपाल पत्रकार महासंघ म्याग्दीको भवन बनाउन बेनी नगरपालिकाले जग्गा दिने भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा साविकको खाद्य संस्थानको जग्गाभित्र नगरपालिकाको स्वामित्वमा रहेको ४ आना जग्गामा आवश्यक भवन सहितको संरचना बनाउने गरी दिने निर्णय गरेको हो । महासंघको शाखा स्थापनाको लामो समयसम्म जग्गाका लागि पहल गरिएको थियो ।

बेनी नगरकार्यपालिकाको बैठकबाट नगरपालिकाको स्वामित्वमा रहने गरी भाडामा दिने निर्णय भएको प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका अनुसार जग्गामा पत्रकार महासंघले आफ्नै प्रयासमा भवन सहितको संरचना बनाएर प्रयोग गर्न सक्ने बताए ।

कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यले पत्रकारको संस्थागत विकासमा आवश्यक सहयोग गर्नुपर्ने राय ब्यक्त गरेका थिए । बेनी नगरका मेयर हरिकुमार श्रेष्ठले पत्रकारको संस्थागत विकासमा सहयोग गरिएको बताए । पत्रकार महासंघले जिल्लामा क्रियाशिल राजनीतिक दल र नगरपालिकालाई संस्थागत विकासका लागि सहयोग माग गदैं ज्ञापनपत्र सहितका कार्यक्रमहरु समेत सञ्चालन गरेको थियो ।