साग : आज महिला भलिबलको फाइनलमा नेपाल र भारत भिड्दै

Skipper Aruna Shahi holds the national flag as she poses for the group photo with her team members and officials at a farewell programme, in Kathmandu on Tuesday. Photo: THT
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार महिला र पुरुष भलिबल दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्ड हलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ। पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछन् ।साग क्रिकेट अन्तर्गत आज मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ टिमसँग खेल्दै छ ।

विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

सागको तेस्रो दिन आज पुरुष फुटबलमा दुई खेल हुँदैछन् । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।महिला फुटबलतर्फ पनि दुई खेल हुनेछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।