खुकुरी प्रहारबाट घाईते इन्द्रकुमारीको उपचारमा रुम-निस्कोट समाज यूकेले सहयोग

खुकुरी प्रहारबाट घाईते भएकी मालिका गाउँपालिका–२ रुम बिलबाङकी इन्द्रकुमारी पुनलाई रुम निस्कोट समाज यूकेले सहयोग गरेको छ । गाउँको राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पुनलाई २७ बर्षिय रमेश पुनले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएपछि मनिपाल अस्पतालमा उपचारर्थ पुनलाई रुम डाडाँगाउका लाल बहादुर पुनको संयोजकत्वमा मालिका गापा वडा नं १ निस्कोट २ र ३ रुमबाट यूकेमा पुगेकाहरुले उपचारमा २ लाख ४३ हजार ८९० रुपैयाँ आर्थिक सहयोग गरेको समाजका भेषबहादुर पुनले जानकारी दिए ।

मनिपाल शिक्षण अस्पतालमै पुगेर टक बहादुर बुढाथोकीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा घाईते पुनले आफ्नो ज्यान जोगाउन घटनास्थलदेखि अस्पतालसम्म ल्याउन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु लगाएत स्थानीयले धेरै सक्रियता देखाएको उपचारपछि जानकारी पाएको बताईन् । उनले आफ्नो उपचार भइरहेको बताउँदै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिईन् ।

अभियुक्त पुनले प्रधानाध्यापक पुनलाई खुकुरीले प्रहार गर्दा टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । हात, गर्धन र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकी पुनलाई प्राथमिक उपचारलगत्तै हेलिकप्टरबाट थप उपचारका लागि पोखरा लगिएको थियो । खुकुरी प्रहारलगत्तै रगत बग्न थालेपछि फरार भएका पुनलाई हुलियाका आधारमा स्थानीय यूवाको भिडले नियन्त्रणमा लिएपछि प्रहरीलाई जिम्मा लगाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन समाजसेवी मोतिराज गौतमले गरेका थिए