धौलागिरी भित्रका पोल्ट्री ब्यवसायीको तर्दथ समिति गठन

धौलागिरी भित्रका कुखुरापालन गरी अण्डा उत्पादन गर्ने पोल्ट्री व्यवसायीहरुको भेलाले धौलागिरी अञ्चल ब्यवसायी संघ तर्दथ समिति गठन गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका ब्यवसायीको भेलाले पोल्टी ब्यवसायी बीचको एकता र सहकार्यलाई प्रभावकारी बनाउँदै मुल्यमा एकरुपता कायम गर्ने, नियमित अनुगमन सहित संस्थागत तथा ब्यवसायीक हितमा केन्द्रित हुने गरी जिल्ला संयोजक तथा सदस्यहरु चयन गरेको छ ।

भेलाले बागलुङ जिल्ला संयोजक रुद्ध बहादुर केसी, म्याग्दी संयोजक मुकुन्द शर्मा रिजाल, पर्वत संयोजक विदुर शर्मा रहेको ब्यवसायी दिर्घ शर्माले बताए । उनका अनुसार समितिको सदस्यमा इन्द्र बहादुर केसी, ललित श्रीष, धुब्र श्रेष्ठ, केदारनाथ पौडेल, मात्रृका शर्मा र देवेन पुन रहेका छन् । सोही भेलाले प्रकाश रखालको संयोजकत्वमा साधन श्रेष्ठ र हरि लामिछाने सदस्य रहेको अनुगमन समिति समेत गठन गरेको छ । लागतअनुसारको मूल्य सहित विभिन्न योजना बनाउने समितिले जनाएको छ ।