आहा ! खयरबराह

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धार क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल खयर बराह क्षेत्र । खयरभारानी मन्दिरबाट माथिल्लो क्षेत्रबाट करिव समुन्द्री सतहबाट ५ हजार २ सय १४ मिटर उचाईबाट लिएको खयरबराह ताल सहितको दृष्य । यस क्षेत्रमा हरेक बर्ष जनैपूर्णिमाको दिन भीड हुने गरेको छ भने अन्य समयमा पर्यटकहरु समेत घुम्न जाने गर्दछन् ।

मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ बालबालिकादेखि बृद्धबृद्धासम्म ताल नजिक रहेको मन्दिरमा पुग्छन् । खयरबराह क्षेत्रमा भौतिक पूर्वाधार सहित प्रचारप्रसारमा बिर्टिश आर्मीका पूर्व लेप्टेन राजु पुन सक्रिय छन्। खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषको संयोजक समेत रहेका पुनको पहलमा करिव १ करोड २० लाखको पूर्वाधार समेत निर्माण भएको छ ।