बागलुङ जिल्ला क्षेत्र नम्बर २ ख प्रदेश सभाकाेउप निर्वाचनमा बामपंथी गठबन्धनका उमेदवार राष्ट्रिय जनमाेर्चाका खिम बिक्रम शाही ११२३५ मत प्राप्त गरि बिजय भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ९२३८ मत पाएकाे निर्वाचन अधिकृत बासुदेव मिश्रले बताए ।।

यसपटकको निर्वाचनमा २१४०० मतदाताले मतदान गरेका थिए ।निर्वाचनमा ८ राजनीतिदल र दुई जना स्वतन्त्र उमेदवार गरि १० जना चुनावी मैदान खदा भएका थिए ।निर्वाचनमा बामपंथी गठबन्धन र नेपाली कांग्रेस बाहेक ८ जना उमेदवारकाे धराैटी जफत भएको छ ।२०७४ सालमा भएको प्रदेश सभाकाे निर्वाचनमा बामपंथी गठबन्धनका टेकबहादुर घर्ती बिजय भएका थिए गतबर्ष सांसद घर्तीकाे मृत्यु भए पछि उप निर्वाचन भएको हाे ।यश अघिकाे निर्वाचनमा नेपाली कांग्रेसबाट जीत शेरचन नै उमेदवार बनेका थिए । राजेशचन्द्र राजभण्डारी

Leave a Reply