जेसीज कपमा दिपेन राईको तिर्खा मेटियो

जेसीज कप सुरू भएको झन्डै दुईदशक पुग्न लाग्दा धेरै विद्यालयका खेल प्रशिक्षक फेरिएका छन् । हरेक बर्ष नयाँ खेल प्रशिक्षक मैदान नजिक देखिन्छन् । खेलाडी र खेल प्रशिक्षक समय–समयमा फेरिने गरेको अवस्थामा न्यू वेस्ट पोइन्ट आवासीय माविमा खेलाडी परिवर्तन भएपनि दुईदशक यता प्रशिक्षक भने परिवर्तन भएका छैनन् । विद्यालयबाट जेसीज कप मात्रै नभई उनले विभिन्न खेलकुद प्रतियोगितामा विद्यालयलाई उपाधी दिलाउन सफल भएका छन् ।

सन् २००१ देखि सुरू भएको जेसीज कपमा धेरैपटक उपविजेता बनेको रेकर्ड कायम गरेको विद्यालयको प्रशिक्षक राईले जेसीजकपको पुरानो इतिहासलाई पल्टाउदाँ सबैभन्दा अभागी टिम मानिने वेस्ट पोइन्टले ११ पटकसम्म उपविजेताको पदक भिर्दा राईले एकपटक मुख्य शिल्डलाई पच गर्ने योजना बुनेका थिए । जेसीज कपमा लगातर तिनपटक विजेता भएसँगै राईको शिल्ड पच गर्ने लक्ष्य पुरा भएको छ ।‘जेसीज कपको तिर्खा मेटियो,‘एकपटक शिल्ड फिर्ता नगर्ने गरी लैजाने धोको पुरा भयो’ मुख्य प्रशिक्षक राईले बेनीअनलाइनलाई भने ।

सन् २००१ देखि जेसीज कपमा प्रशिक्षकको रुपमै मैदानमा उत्रिएका राईले उपविजेताबाटै बाहिरिदाँ देखेको सपनालाई शनिबार सम्पन्न म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगितामा पुरा गरेको बताए ।‘यो प्रतियोगितालाई मैले देखेको एउटै सपना थियो, ‘त्यो खेलाडीले सम्भव बनाइदिए’ राईले भने ।

उनले खेलाडीलाई प्रतियोगिता बाहेक अन्य खेलमा समेत सक्षम हुने गरी प्रशिक्षण दिनुपर्नेमा आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । विद्यालयको खेल शिक्षकको भूमिका सफलतापूर्वक पुरा गरेकोमा थामिनसक्नु खुसी भएको बताए । उनले शिल्ड पचको योजना मात्रै बुनेनन् खेलाडीलाई निरन्तर प्रशिक्षण, प्रयाप्त सुविधा सहित खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने गरी कार्यतालिका समेत बनाएको बताए ।

विद्यालयलाई एथलेटिक्स, क्रिकेट र फुटबलको प्रशिक्षणको क्रममा खेलाडीको ध्यान बाहिर केन्द्रित हुन दिदैनन् ।शनिबार सम्पन्न जेसीज कपको फाइनलमा खेलमैदान भित्र रहेका हरेक खेलाडीसँग आँखाको सम्पर्क जोड्ने प्रयास गरेका थिए । हरेक खेलाडीले छिनछिनमा निर्देशनको प्रतिक्षा गर्ने गरेको अवस्थामा खेलमा गोल गरेपछि देखाउने कलात्मक र रचनात्मक खुसीयालीले समेत दर्शकलाई प्रशिक्षक राईकै डिजाईन मानेका छन् ।

वेस्ट पोइन्टका खेलाडीको उत्कृष्ट खेलमा प्रशिक्षक दिपेन राईको मेहनत सबैभन्दा ठूलो हतियार भएको खेलकुद क्षेत्रका जानकारहरु बताउँछन् । जिल्लाको खेलकुदमा विद्यालयस्तरमा निकै चर्चा कमाएका प्रशिक्षक राईले खेलमैदानभित्रका खेलाडीलाई आफ्नो आँखाको संकेतबाट रणनीति परिवर्तन गराउने कलाको समेत सर्वत्र चर्चा हुने गर्दछ । लाई विद्यालयस्तरमा ठूलो महत्वका साथ हेरिन्छ ।