बागलुङबाट म्याग्दीको गूर्जा जोड्ने पुरानो रुटको प्रयोग गदैं पर्यटक

अरब राष्ट्र सिरियाली नागरिक बागलुङ हुदै म्याग्दीको सुन्दर पर्यटकीयस्थल गूर्जातर्फ प्रस्थान गरे । म्याग्दीको लुकेको पर्यटकीय गन्तब्यको रुपमा चिनिएको गूर्जामा छिमेकी जिल्ला बागलुङको बिभिन्न गाउँ भएर पर्यटक पदमार्गमार्फत गूर्जातर्फ जाने गरेका छन् ।

एसएन हिमालयन ट्राभल्स काठमाण्डौ मार्फत म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जामाको गुर्जा हिमाल आधार शिविर सम्मको पदमार्गमा हिँडेका पर्यटक बुधबार बागलुङमा भेटिएपछि बागलुङको रुट हुदै विदेशी पर्यटकले गूर्जालाई गन्तब्य बनाइरहेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले बताए ।

‘बागलुङका विभिन्न रुटको प्रयोग भइरहेको पर्यटन ब्यवसायीलाई पत्तो छैन्,‘म्याग्दीको सबैभन्दा विकट गूर्जाका लागी बागलुङको रुट समेत चल्तीमा रहेछ’ उनले भने ।होटल पिस प्यालेसमा सिरियाली गपर्यटन गाइड सोनाम शेर्पाले सञ्चालक निलेश राजभण्डारीलाई रुट देखाउँदै कत्तिको चल्तीमा छ ? भन्दै चासो देखाइरहेका थिए ।

होटल व्यवसायी सघंका अध्यक्ष समेत रहेका राजभण्डारीले यो रुटबाट म्याग्दीको गूर्जामा जाने बारेमा पहिलोपटक जानकारी पाएको बताए । उनले जिल्लाका सरोकारवाला निकायलाई विदेशी पर्यटकको रोजाईमा रहेकै रुटका बारेमा जानकारी तथा चासो नभएको बताए ।

पहिलेदेखि चल्तीको पर्यटन गन्तव्य र रुटको बारेमा अहिले सम्म बेखवर बिडम्बना भएको अध्यक्ष राजभण्डारी बताउँछन् । अब यसको सम्बद्ध सबैले प्रचार र प्रर्वद्धन गर्न सकेमा म्याग्दी र मुस्ताङ सिधै जाने आन्तरिक तथा बाह्य पर्यटकहरु मध्ये ठुलो संख्यामा जिल्लामा भित्राउन सकिने उनले बताए । पर्यटक गाइड शेर्पा बागलुङको पदमार्गको रुट भएर धेरै पटक गुर्जा हिमाल आधार शिविरमा पर्यटक लगिसकेको बताउँछन् ।

यही सिजनमा मात्र पाँच टोली गन्तव्य तर्फ गइसकेको उनको भनाई छ । यो रुटको पदमार्ग १० दिनको छ । पहिलो दिन काठमाण्डौंबाट बागलुङ सदरमुकाम सम्म सवारी साधनमा यात्रा हुन्छ । त्यस यताका ८ दिन पदमार्गको यात्रा हुने शेर्पाको भनाई छ । दोस्रो दिन बागलुङ बजारबाट काठेखोला ३ को धम्जा ओखले स्थित बेलढुंगा होम स्टे, तेस्रो दिन ओखले देखि ताराखोला गाउँपालिकाको फेदी, चौथो दिन ताराखोलाबाट तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान सम्मको यात्रा हुनेछ ।

पाँचौ दिन बोंगोदोभानबाट बागलुङ म्याग्दीको सिमाना गुर्जाघाट, छैठौ दिन म्याग्दीको गुर्जाधारादेखि गुर्जाखानी, सातौ दिन गुर्जाखानीबाट ३ हजार ८ सय ५० मिटरको उचाईमा रहेको रघाचौर पासमा बास हुनेछ । त्यहाँबाट फेरी फर्किएर आठौ दिन गुर्जाखानीबाट लुलाङ, नवौ दिन लुलाङबाट दरबाङ र दशौं दिनमा दरबाङबाट तातोपानी या सवारी साधन मार्फत सिधै पोखरा जान सकिने गाइड शेर्पाले बताए ।

पर्यटन विकास समिति बागलुङका सचिव अर्जुन चोखालले बागलुङ हुँदैको पर्यटन रुटको बारे थाहा नभएको स्वीकार गरे । ‘हामी पर्यटकीय सम्भावनाकै खोजीमा अनवरत लागिरहेका छौ,’ सचिव चोखालले भने,‘हामी कस्तुरी जस्ता भएका रहेछौ, अब यो रुटलाई व्यापक प्रचार प्रचार गर्छौ, थप पूर्वाधार निर्माणका लागि पनि तिनै तहका सरकारसँग आवश्यक पहल र समन्वय गर्छौ ।’ पत्रकार दिल श्रीषको सहयोगमा