किर्तिमानी आरोही निर्मल पूर्जा यूकेमा सम्मानित

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले यूकेमा सम्मानित भएका छन् । मगर संघ युकेले एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापनाको लक्ष्य राखेर एक च्यारिटी डिनर सम्पन्न गरेको छ । मगर संघ युकेले अल्डरसट स्थित एक भव्य च्यारिटी डिनरको अवसरमा पूर्जालाई सम्मान गरिएको हो ।

च्यारिटी डिनर कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्जालाई नेपालको पहिचान विश्वमै कायम गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो ।नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि मगर संघ युकेले २०१५ सालदेखि च्यारिटी सुरु गरेको तथा उक्त दिन एक करोडको अक्षयकोष पूरा गरेको थियो ।

अक्षयकोषका आयोजक एवम् मगर संघ युकेका पूर्व अध्यक्ष चिम्खोले काइँलाले सोही एक करोडको अक्षयकोष पूरा भएकोे बताएका छन् । मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षता सम्पन्न कार्यक्रममा विशेष अतिथिहरूमा ब्रिटिश आर्मीका उच्च पदमा पुग्न सफल हुनुभएका लेफ्टिनेन्ट कर्नेल याम राना, खेँबो निमासिँगे रामजालीमगर, डा. निरज थापा र डा. बल थापा थिए ।

मगर स्नातकोत्तर तथा विद्यावारिधि अक्षयकोष स्थापना गर्नुको मुख्य उद्देश्यबारे अक्षयकोषका आयोजक चिम्खोले काइँला र मगर संघ युकेका सल्लाहकार रमेश साराङकोटी मगरले प्रकाश पारेका थिए । यस समारोहमा नेपालबाट आएका लोकप्रिय गायक प्रसाद खाप्तरीमगर र गायिका खिमा रोकामगरको बेजोड प्रस्तुति रहेको थियो ।

यस अवसरमा बेलायतमा भएका मगर युथहरूले मगर युथ ट्यालेन्ट प्रतियोगिता र फेशन शो गरेका थिए । मगर युथ गोट ट्यालेन्टमा सोम राना, दिया पुन र निकिता बुराले जज गरेका थिए भने केन्ट शाखाका जोडी रिया थापा र इसमे थापा पहिलो, स्विन्डन शाखाका ललित थापा दोस्रो एवम् युएचएसबी शाखाका रामुना पुन तेस्रो भएका थिए । मगर गोट ट्यालेन्टको संयोजक किशोर रानाले गरेका थिए भने यमुना आले, दिपक थापा मैथाने मगर, दिनेश रोका र जानकी रोकाले उद्घोषण गरेका थिए । लन्डन नेपाल न्यूजको सहयोगमा