वेष्ट पोइन्ट कलेजमा युवाको आवाज (भोइस फर युथ ) कार्यक्रम सम्पन्न भएको छ । कलेजको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । व्हाइट बटरफ्लाई अभियानका अभियन्ता मिलन राइसंग कार्यक्रममा साक्षात्कार भएको हो । प्रमुख बक्ता राइले युवामा रहेको कौतुहलता र जिज्ञासालाई कसरी यथार्थमा रुपान्तरण गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो अनुभव र सेतो पुतली मार्फत आत्मगत शान्ति र पर्यावरण संरक्षरण सम्बन्धि कुरा गर्नु भएको थियो ।

कलेज र कक्ष ११ १२का विद्यार्थीहरु सहभागी कार्यक्रममा उहाँले आफुलाई सात महिना अघिदेखि क्लबले निमन्त्रणा गरेपनि देश बिदेशका कार्यक्रममा अत्यन्तै ब्यस्त भएका कारणले यसपाली मात्रै समय मिलेको बताउनु भएको हो । करिब ४३ देशमा यहि सेतो पुतली अभियान मार्फत युवामा सकारात्मक उर्जा प्रदान गर्न सफल भएको उहाँले बताउनु भएको थियो ।

Harvard University अमेरिकाबाट समेत सम्मानित भैसक्नु भएका राइले विद्यार्थीहरुलाई पढाइको साथसाथै आफुमा भएको क्षमतालाई पहिचान गरेर निरन्तर लागिरहने हो भने अवस्य पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विद्यार्थीहरुलाई उत्प्रेरित गर्नु भएको थियो ।

कलेजमा गठित इन्फ्लुएन्सियल् ब्याचलर क्लबको आयोजनामा भएको कार्यक्रम एक फरक तरिका आफुले गरेका गतिविधिहरु समेटेर बनाइएको भिडियो मार्फत उद्घाटन एक नौलो तरिका भएकोमा राईले प्रशंसा गर्नु भएको थियो । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुबासकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठ, शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठ, कलेज प्रमुख डीबी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख बक्ता राइलाई मायाको चिनो समेत प्रदान गरिएको थियो साथै उहाँले विद्यालयको प्रार्थना सभामा समेत संक्षिप्त सम्बोधन गर्नु भएको थियो । क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षता र क्लबकै सृष्टि पाइजाको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका बन्दना परियारले गर्नु भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply