अस्ट्रेलियामा एक नेपाली महिलाले पतिको हत्या

अस्ट्रेलियामा बस्ने एक नेपाली महिलालाई पश्चिमी सिडनीमा पतिको हत्या गरेको आरोप लागेको छ । कामबाट फर्किएपछि पतिको हत्या गरेको आरोपमा नुमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा गम्भीर घाईते अवस्थामा भेटिएका सन्तोष गौतमको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनामा धारिलो हतियार वा के प्रयोग गरिएको थियो भन्ने उल्लेख नभएको अस्ट्रेलियास्थित न्यूज वेबसाईट 9 news न्यूज डट कमले जनाएको छ ।

गएराती पुलिसलाई ब्लेन्सेल स्ट्रीट, ग्रानभिलको एउटा घरमा बोलाइएको थियो, सन्तोष गम्भीर चोटपटक लागेको अवस्थामा भेटिएका थिए। प्रतिवेदनका अनुसार युवकले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे। नुमाले उनका पतिलाई काँधमा एक प्रहार गर्दा निकै चोट लागेको थियो जसले गर्दा धेरै रक्तस्राव भएको थियो। घटनामा नुमा समेत घाईते भएकी छन् । उनलाई सामान्य चोटपटक लागी उपचारका लागि पुलिस गार्ड सहित वेस्टमेड अस्पताल लगिएको थियो।पछि उनलाई डिस्चार्ज गरियो र ग्रानभिल पुलिस स्टेशनमा लगियो, जहाँ उनलाई हत्या (घरेलु हिंसा) को आरोप लगाइएको थियो। मृतक बुटवल तिरको भएको अनुमान गरिएको छ । मृतक गौतमको आठ वर्षीया छोरी छन् । स्थानीय नेपाली समुदायले उनीहरूको छोरीको हेरचाह गर्ने वाचा गरेका छन्। यसैबीच, अष्ट्रेलियामा नेपाली दूतावासका डेपुटी चीफ अफ मिशन दुरापाड सापकोटाले बताउनु भयो ।
9 news न्यूज डट कमबाट अनुवाद गरिएको समाचार ।