नारीजागृति सहकारी संस्थाले कार्यक्षेत्र विस्तार

नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्षेत्र विस्तार गरेको छ । सहकारीको २० औ साधारणसभाको अवसरमा बोल्ने बक्ताले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहकारीले खेलेको भूमिकालाई मध्यनजर गरी उत्पादनमुखी क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साधारण सभाको उद्घाटन ज्येष्ठ सेयर सदस्य प्रेमदेवी गिरीले गरेकी थिईन् ।

‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न साधारणसभामा साविकको अर्थुङे गाविस कार्यक्षेत्र रहेको सहकारीलाई बेनी नगरपालिमा विस्तार गरिएकाले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सहकारीले लगानी केन्द्रित गर्ने प्रतिबद्धता जनाएका थिए ।

संस्थाले गत आर्थिक वर्षसम्म शेयर पुँजी ६६ लाख ४९ हजार पुर्याएको छ भने निक्षेप एक करोड ८ लाख २ हजार ६९ र निक्षेप सङ्कलन १ करोड ८ लाख ५० हजार भएको जनाएको छ । साधारणसभाको अवसरमा सल्लाहका रेखाकौशल रेग्मीले कर्मचारी र आर्थिक प्रशासन नियमावली प्रस्तुत गर्दै उक्त प्रस्तावलाई पारित गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट बचतकर्ता होमकुमारी खत्री, असल ऋणीमा पार्वती बानियाँ बरुवाल र कारोबारकर्तामा तुलकुमारम्ी गैर र कर्मचारीतर्फ बजारप्रतिनिधि इन्द्रा केसीलाई सम्मान गरिएको थियो । साधारणसभामा सहकारीक अध्यक्ष चिना बानियाँले सहकारीको कार्यक्षेत्र विस्तारसँगै जिम्मेबारी समेत थपिएको बताउँदै सहकारीमार्फत निम्न आर्थिक अवस्था भएका महिलाको जीवनस्तरमा सुधार ल्याउन निरन्तर सहयोगी बन्ने प्रतिबद्धता जनाईन् ।