बालाचर्तुदशी पर्वमा म्याग्दी कोरला बसले निशुल्क सेवा दिने

बालाचर्तुदशी पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ता भएकालाई म्याग्दी कोरला यातायात प्रालिले निशुल्क बस सेवा दिने भएको छ । आगामी सोमबार कोरलाका तीनवटा बसले ट्राफिक प्रहरीको उपस्थितीमा बृद्धबृद्धा, अपाङ्ता र साना बच्चा लिएका महिलालाई दिनभरी निशुल्क सेवा दिने प्रालिका अध्यक्ष सुरत केसीले बताए ।

‘गलेश्वरको गेटमै पु¥याउँछौ,‘बसभित्र एकजना ट्राफिक प्रहरी समेत हुनुहुन्छ’ केसीले भने । उनका अनुसार प्रालिले तोकेका दर्शनार्थी बाहेक प्रवेशलाई कडाई गरिएको बताए । प्रालिले सामाजिक उत्तरदाहित्व अन्तरगत बेनी–गलेश्वरमा ३ वटा बसलाई प्रयोग गर्ने छ । ३२ सिटे मुस्ताङ–बेनी–पोखार चल्ने बसलाई दर्शनार्थीको सेवामा प्रषेग गर्ने योजना सहित आवश्यक तयारी गरिएको सञ्चालक मोहन केसीले बताए । उनका अनुसार बृद्धबृद्धा, अपाङ्ता भएकालाई गलेश्वर मन्दिरको प्रवेशद्धार नजिक पुगेर त्यहाँ समेत उहाँहरुका लागि विशेष ब्यवस्था रहेकाले सेवा प्रभावकारी हुने अपेक्षा गरिएको बताए।

उनले उक्त बसभित्र ज्येष्ठ नागरिक, अपाङ्ता, साना बालबच्चा सहितका महिला बाहेक अन्यलाई प्रवेश गर्न नदिने गरी ट्राफिक प्रहरी तथा प्रालिका कर्मचारीले समेत कडाई गर्ने बताइएको छ । ज्येष्ठ नागरिक, अपाङ्ता भएकालाई गलेश्वर शिवालय क्षेत्र विकास कोषले फरक लाइनमा राखेर प्राथमिकताका साथ पूजाआजा गर्ने दिने ब्यवस्था समेत मिलाएको कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।

उनले ज्येष्ठ नागरिक, अपाङ्ता भएकालाई दिनभरी निशुल्क बस सेवाको सुविधालाई धन्यवाद दिदैं अन्य सवारीसाधनलाई गलेश्वरको बसपार्कमै रोखिने भएपनि उक्त सेवालाई केही सहज बनाउने बताए । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।