स्मल हेभन मन्टेश्वरीका विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच

माउण्ट एभरेष्ट आवासीय मावि स्मल हेभन मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको शुक्रबार निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । बेनी अस्पतालका डा. रबी शाहको नेतृत्वमा बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको थियो ।

स्वास्थ्य चेकजाँच सहित अभिभावकसँग गरिएको भेटघाटमा विद्यालयका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले विद्यार्थीलाई समयसमयमा स्वास्थ्य चेकजाँच सहित अभिभावकसँग समेत सम्बन्धित विभिन्न कार्यक्रमहरु गरिने बताए ।

सोही अवसरमा प्रधानाध्यापक आरके चौधरी, शैक्षिक निर्देशक राजु केसी, मन्टेश्वरी निर्देशक सुनिता केसी लगाएतको उपस्थिती रहेको थियो । स्वास्थ्य चेकजाँचको क्रममा विद्यार्थीहरुको आँखा, नाक, कान, घाँटी, छाती, पेट, पोषण अनुगमन लगायतको जाँच गरिएको थियो । अभिभावकको उपस्थितीमा गरिएको चेकजाँचमा स्वास्थ्यकर्मीले बालबालिकाका समस्यालाई अभिभावकलाई जानकारी गराएका थिए ।

विद्यार्थीहरुको स्वास्थ्यप्रति ध्यान दिन र परिवारमा पनि सचेत गराउन निःशुल्क स्वास्थ्य परिक्षण गरिएको कोअर्डिनेटर बिबा पुनले बताईन् । मन्टेश्वरीले पढाइसँगै स्वास्थ्यको पनि ख्याल गर्ने गरेको उनले बताइन् । ‘विद्यार्थीको स्वास्थ्यसँग सरोकार राख्ने खानेकुरा खुवाउदै आएका छौं, हरेक गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराउँछौ’उनले भनिन् । मन्टेश्वरीमा ९९ जना विद्यार्थी अध्ययरत छन् ।