मोना कतारले निउरेको घरफिर्ती अभियानमा सहयोग जुटाउन समिति गठन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले रोजगारीको सिलसिलामा साउदी अरवको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियानमा आर्थिक संकलन सुरु गरेको छ । हत्याको आरोपमा ६ बर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई आवश्यक पर्ने आर्थिक जुटाउन शुक्रबार बसेको बैठकले संस्थाका प्रथम उपाध्यक्ष नरेन्द्र फगामीको संयोजकत्वमा सचिव देवी कँडेल र कोषाध्यक्ष अजय कुवँर सदस्य रहेको समिति निर्माण गरिएको अध्यक्ष तिलु शर्माले बताए ।

जेलमा रहेका निउरेलाई आवश्यक पर्ने ब्लड मनीको जोहो गर्ने विश्वभर आर्थिकस सहयोग अपिलका लागि मोना आइसीले समेत अभियान सञ्चालन गरेकाले उक्त अभियानमार्फत एकमुष्ठ सहयोगमार्फेत घर फिर्ती अभियानमा सघाउने बताइएको छ। बैठकमा मोना आइसीका महासचिव विक्रम कार्की, सचिव रमेश पौडेलले मोना आइसीको अभियानमा बारेमा जानकारी गराएका थिए । मोना आइसीले अभियानमार्फत विश्वभरबाट ब्लड मनि संकलन अभियानलाई तिब्रता दिएको छ ।

२०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेलाई घर फिर्ति अभियानमा सम्पूर्ण एनसीसीलाई जानकारी गराउने र आर्थिक संकलनलाई तिब्रता दिनेमा केन्द्रित भएको थियो । मृतकका परिवारले ३० लाख नेपाली क्षर्तीपुर्ती माग गरेका छन् । बैठकमा मोना आइसीका महासचिव कार्की, सचिव पौडेल, मोना कतारका बरिष्ठ उपाध्यक्ष मिन कार्की, महासचिव थम गिरी लगाएतको उपस्थिती रहेको थियो।