निवर्तमान महिला मन्त्री थापाले भनिन्, “मन्त्रालयलाई देशव्यापी बनाउने काम गरें”

निर्वतमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले साँघुरो घेरामा रहेर काम गरिरहेको मन्त्रालयलाई फराकिलो बनाउन सक्नु नै आफ्नो उपलब्धी भएको बताएकी छन् । आज बिहीबारमन्त्रालयमा आयोजित विदाई तथा नवनियुक्त मन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै थापाले सानो घेरामा रहेर काम गरिरहेको मन्त्रालयलाई देशव्यापी बनाउने काम गर्नु नै चुनौतीपूर्ण रहेको बताइन् ।

उनले विगतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सिमित काम गर्ने र साँघुरो घेरामा मात्रै काम गरिरहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयको क्षेत्र र दायरा फराकिलो बनाउने कोशिस गरेको बताइन् ।विदाइ मन्तव्यमा थापाले मन्त्रालयको कार्यक्षेत्र विकासमुखी भन्दा पनि सेवामुखी भएकाले उपलब्धी देखिन समय लाग्ने बताइन् । उनले भनिन्, “नितिगत सुधारका काम भएका छन्, ती कामको उपलब्धी देखिन समय लाग्छ ।ˮ

पर्याप्त बजेटको अभावमा पनि आफ्नो व्यक्तीगत प्रयासका कारण देशभरका जनप्रतिनिधिका बिचमा लैंगिक हिंसा न्यूनीकरणका लागि पुगिरहेको बताइन् ।मन्त्री थापाले सिमित र साँघुरो घेरामा बसेर काम गरेका मन्त्रालयका कर्मचारीलाई देशभरी कामका लागि दौडाएर दुःख दिएकोसमेत बताइन् । उनले त्यसका लागि कर्मचारीहरुलाई धन्यवाद् दिइन् । साथै नवनियुक्त मन्त्री पार्वत गुरुङलाई स्वागत गर्दे आफूले शुरु गरेका कामहरुलाई निरन्तरता दिएर अगाडि बढ्न सुझाव र शुभकामना दिइन् । महिला खबर