प्राकृतिक उपचार केन्द्र तातोपानीमा ६९ जिल्लाका बिरामी

प्राकृतीक उपचारस्थलको रूपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४, तातोपानी कुण्डमा एकबर्षमा नेपालका ७७ जिल्लामध्ये ६९ जिल्लाबाट विभिन्न रोगका बिरामी स्नान गर्न आएका छन् । विभिन्न रोगको उपचार हुने कुण्डमा गत आर्थिक बर्ष ०७५÷०७६ मा ७ देखि १० दिनसम्म स्नान गर्न विभिन्न जिल्लाबाट आएका बिरामीले ७ देखि १० दिनसम्म स्नान गरेका हुन् ।

प्रयाप्त पूर्वाधार, बिरामीको सुरक्षा, कर्मचारीको न्यानो स्वागत सहितको सेवाका कारण विगतका बर्षको तुलनामा बिरामीको संख्या ह्वात्तै बढेको कुण्ड ब्यवस्थापन समितिका महासचिव कृष्ण खड्काले बताए ।‘बिरामीको सुरक्षाका लागि सिसिक्यामेरा जडान गरिएको छ,‘पूर्वाधारले समेत विरामीको चाप बढ्न थालेको छ’ खड्काले बेनीअनलाइनलाई भने ।

कुण्डमा स्नान गर्ने आउने बिरामी पहिलोपटक भन्दा पटकपटक आएका अत्याधिक रहेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन् । पछिल्लो समय होटल ब्यवसाय समेत फस्टाउन थालेपछि विदेशीले समेत हप्तादिनसम्म स्नान गरेर फर्किने गरेको अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए। ‘नियमित आउने विदेशीको संख्या पनि बढ्न थालेको छ,‘समुहमै आउन थालेका छन्’ शाक्यले भने ।

विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर आउने विदेशीमा भारतको सिक्किम सहितका राज्यबाट ३४ जना, बंगलादेश २, जापान २, स्पेन १ लगाएत विभिन्न सार्क राष्ट्रबाट एकहप्तासम्म स्नान गरेर फर्किएको अध्यक्ष शाक्यले बताए । उनले एकदिने अवलोकनमा करिब २० हजारको हाराहारीमा विरामी आएको बताए।

परिवारको सहयोगमा कुण्डमा आएका धेरै विरामी घर फर्किने बेलामा आफ्नै खुट्टाले टेकेर जाने गरेका धेरै दृष्य देखेको शाक्यको भनाई छ । ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहानबावीरेनून र गन्ध (सल्फर) तत्व सहितको गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

कुण्डमा स्नान गर्ने धेरै बागलुङका
ठूला अस्पतालमा उपचारबाट समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट ६ हजार २१४ जना, म्याग्दीबाट ४ हजार ९२८, कास्की १६ सय ९७ पर्वत १२ सय ६१, रुपन्देही ७ सय ७६, काठमाण्डौ, भक्तपुर ९८२, मुस्ताङ ४२१, नबलपरासी पूर्व पश्चिम ३७७, चितवन ४२६, तनहुँ १९१, गुल्मी १२३, नुवाकोट ६९, स्याङ्जा ६०,मनाङ ११, गोर्खा २७, प्यूठान २८ लगाएतका जिल्लाहरुबाट आएका छन् । कुण्डमा स्नान गर्नेमा ११ हजार ५७१ जना महिला र ६ हजार ६९६ जना पुरुष रहेका छन् ।

पछिल्लो समयमा जुम्ला, जाजरकोट, पर्सा, सिराह, सर्लाही, रौतहट, महोत्तरीबाट समेत बिरामी आउन थालेका छन् । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुन्छ । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेर अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको बिरामीको भनाई छ । शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाईते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने विरामीको अनुभवले पनि कुण्डले धेरै विरामीको परिवारका खुसी थपेको छ ।

कुण्ड नेपालकै उत्कृष्ट
नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका ब्यवस्थापन समितिको भ्रमणको रोजाईमा समेत परेको तातोापनी कुण्ड नेपालकै उत्कृष्टमा पर्छ । विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम संख्यामा बिरामी पुग्ने गरेको अवस्थामा सिंगा तातोपानी कुण्डमा भने १२ महिना बिरामी आउने गरेका छन् । कुण्डको ब्यवस्थापन, पूर्वाधार, बिरामीको चाप नेपालमै पहिलो र उत्कृष्ट भएको भ्रमणमा आएकाहरुले दिएको प्रतिक्रियाले प्रष्ट पारेको छ ।

म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरेपनि स्थानीयले चारदशक सम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोग गरेका छन् । स्थानीयले विहान बेलुकी स्नान गृहको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ। वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

उनका अनुसार एक दिनमा दुई पटक डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट खलखल पसिना निकाल्ने गरिएको छ । तातोपानी पिउनुलाई स्वास्थ्यव्रद्र्धक मानिएको छ। कुण्डमा नेपालका भिआईपीको समेत पुगेर स्नान गर्ने गरेका छन् ।