काठमाडौं उपत्यकालाई धुलो-धुँवामुक्त बनाउँछु : नवनियुक्त यातायातमन्त्री नेम्वाङ

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलो–धूवाँमुक्त बनाउने बताउनुभएको छ । मन्त्री नेम्वाङले विहीबार शपथ ग्रहण गरेर मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्ने क्रममा कठमाडौं उपत्यकालाई धुलो–धुँवामुक्त बनाउने बताउनु भएको हो ।

उहाँले काठमाडौं उपत्यकालाई धुँवा–धुलोमुक्त बनाउन सम्भव भएको बताउनुभयो । साथै आफूले गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभयो । यसका साथै उहाँले निर्माणाधीन सडक योजनाहरु पूरा गर्नेसमेत बताउनुभएको छ ।