सिद्धार्थ बैंकले ल्यायो आधुनिक सुविधा,अब मेसिनबाटै चेक डिपोजिट हुने

सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने छ ।यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।

यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्धारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्तरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।बैंकले देशभर १७२ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।