‘खाडीको आजाद भिसा, ठग्ने मुख्य ब्यापार’

तिलु शर्मा पौडेल/ नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको कुरामा कसैको दुइमत छैन । मासिक करिब ४ अर्व भन्दा बढी रकम रेमिट्यान्स मार्फत नेपाल भित्रिने गरेको तथ्याङ्क छ । विभिन्न कारणले वैदेशिक रोजगारीमा बाहिरिने नेपालीहरूको सङ्ख्या बढेको बढ्यै छ । यद्यपि मेरो चाँसोको विषय भनेको आफूँ कार्यरत देशसँग सम्बन्धित भिसा, त्यसले उत्पन्न गरेका समस्या र मेरो भोगाई मा केन्द्रित छ ।

मानिसका भोगाई सार्वजनिक गर्नु नै पर्छ भन्ने हुँदैन तथापि देखे भोगेका कतिपय सन्दर्भहरू प्रबासी चाहानेहरुका लागि सहयोगी बन्न सक्छ भन्ने मान्यताले लेख्ने जमर्को गर्दै छु । परदेश भासिनु पर्ने सबैका निजी कारण हुन्छन् । मेरा पनि आफ्ना बाध्यता थिए छन् र रही रहन सक्छन् । जीवन जिउने क्रममा अनेकन् विषय माथि अनुभवहरू प्राप्त हुन्छन् । त्यस मध्य धेरै पटक धेरै मान्छेहरूलाई सम्झाएको विषय हो ’आजाद भिसा’।

सन् २००७÷८ यता वैदेशिक रोजगारमा जाने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढ्न थाल्यो । म कार्यरत देशमा पनि नेपालीहरू बाक्लिन थाले क्रमिक रूपमा कतार सरकारले भिसा सम्बन्धित केही कानुनहरूमा सहजीकरण गर्न थाल्यो २००५ को अन्त्य तिरको कुरा हो, कतारमा कार्यरत पोखरा घर भएका एक जना पूर्व निजामती कर्मचारी भेटिए । चिनजान भयो सम्बन्ध बाक्लिन थाल्यो।

चल्तीमा रहेको कथित आजाद भिसा पाउन कठिन थियो । उनै मार्फत भिसा किनेर केही मान्छे कतार पुगे । त्यति बेला भिजिट भिसा भनिन्थ्यो । कतार प्रवेश गरेको ३ महिना भित्र काम खोजेर कम्पनी परिवर्तन गरीसक्नु पर्ने नत्र फर्किनु पर्ने शर्तमा त्यस्ता भिसा किनबेच हुन्थ्यो । कालान्तरमा फ्री भिसा वा आजाद भिसा भनेर भनिन थालियो ।

प्रसङ्ग एक
सन् २०१६ मा व्यक्तिगत भ्रमणको सिलसिलामा खाडीकै अर्को राष्ट्र युएई जाने मौका मिल्यो। युएईको दुबई सहर स्थित बर दुबई (जहाँ नेपालीहरू बाक्लै भेटिन्छन्) मा केही आफन्तसँग भेटघाटका दौरान म्युजिक भिडियो मा समेत काम गरेका एक मोडेल भेटिए । एक चर्चित गीतकार तथा सङ्गीतकारका भाइ रहेका उनी त्यहाँ कुनै दलाल मार्फत भिजिट भिसामा पुगेका रहेछन् ।

राम्रो अवसरको खोजीमा दलाललाई चर्को पैसा तिरेर युएई पुगेका उनी दलालले आश्वस्त पारे जस्तो नदेखेपछि आफ्नै मुलुकमा केही गर्छु भनेर नेपाल फर्कने सुरमा थिए । युएईमा आज पनि यस्ता भिसाबाट पीडित बनेका नेपालीहरू प्रशस्त छन् भन्ने तथ्य ’रुन्चे गायक’ प्रकाश पौडेलको स्टाटसहरुबाट प्रतिबिम्बित हुने गर्छ ।

प्रसङ्ग दुई

सामाजिक सञ्जालमा निकै क्रियाशील व्यक्ति तथा स्तम्भकार दुर्गा पंगेनीले एक दिन सबेरै फोन गरेर छिटो दोहा स्थित ’तरबार गेट’ पार्कमा आउन आग्रह गरे । म त्यहाँ पुग्दा केही युवाहरू पंगेनीका साथमा अँधेरो अनुहार लगाएर बसेका थिए। उनीहरू आजाद भनिने भिसामा आएर पीडित बनेका समूह रहेछ । लाखौँ रुपैयाँ तिरेर आएका उनीहरू आफनै गाउँले र नातेदारबाट ठगिएको भनेर रुँदै थिए

प्रसङ्ग तिन
ब्लुमून ओभरसिज नेपाल म्यानपावरबाट गत अक्टोबर २२,२०१९ मा कतार आएका कन्चनपुर जिल्ला पुनर्वास नगरपालिका २ का प्रीतम तामाङ दोहाको हवाई अड्डामा अलपत्र परे िकतार स्थित नेपाली राजदूतावास, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, बुद्ध पाण्डे र झबिन्द्र आचार्यको पहलमा प्रीतम तामाङलाई नेपाल फर्काउने वातावरण निर्माण गरियो र लाखौँ डुबेको रकम फिर्ता पाउने आसैआसमा उनी जहाज चढे ।

आजाद (स्वतन्त्र) भिसा भनेको के हो ? कसरी फस्छन्?

भिजिट भिसा, फ्री भिसा वा आजाद भिसा भन्ने नै हुँदैन । रोजगारीको लागि आउने भिसालाई ’वर्किंग भिजिट’ भनिन्छ। यही मात्र सत्य हो। तर दलालहरूले यसलाई फ्री, भिजिट वा आजादको जलप लगाएर ठग्ने धन्दालाई अघि बढाउन थाले ।

सुरुका वर्षमा यस्ता जलपी भिसा फिलिपिन्स, बङ्गलादेश भारत लगायतका मानिसहरूमा केन्द्रित भए पनि बिस्तारै नेपालीहरू समेत फस्न थाले । कतार सरकारको कानुन र नियमभित्र रहेर कुनैपनी देशका नागरिकले कतारी नागरिकको ५१ प्रतिशत व्यवस्थापकीय अधिकार र आफूमा ४९ प्रतिशत अधिकार सुनिश्चित हुने गरी कम्पनी खोल्न तथा सञ्चालन गर्न पाउँछन् ।

आफ्नो कम्पनीमा आवश्यक कामदार विभिन्न देशबाट ल्याउन पाउने गरी सरकारी निकायले भिसा अनुमति दिएको हुन्छ । त्यही भिसालाई कम्पनी व्यवस्थापकसित मिलेर दलालहरूले कारोबार गर्दै आएका हुन्छन् । वर्किंग भिसाको सरकारी दस्तुर जम्मा ३०० (नेपाली ९ हजार ५ सय) हो, दलालहरूले कम्पनीले राम्रो फाइदा दिएर किन्ने र विभिन्न देशमा बेच्ने गर्दछन् । कम्पनी दलालहरूको समझदारी अनुसार आफ्नो भिसामा आएका व्यक्तिहरूले तीन महिनाभित्रमा अर्को कम्पनीमा भिसा परिवर्तन गरिसक्नु पर्दछ ।

तीन महिनाभित्र कम्पनी परिवर्तन नगरे उसले आफ्नो देश फिर्ता हुनु पर्दछ । कम्पनी परिवर्तन गर्न कम्पनीले नो अब्जेक्सन लेटर लिए पुग्छ । यसरी गरिएका समझदारीमा कम्पनीलाई आर्थिक फाइदा हुने र भिसा धेरै पटक बेच्न पाइने हुनाले कम्पनीहरू दलालहरूको वरिपरि रहन रुचाउँछन् ।यस्ता भिसामा आएका केही राम्रो अवसर पाएका पनी हुन्छन्न् तर अधिकांश ठगिएका हुन्छन् ।

आफूसित कुनै पनि कामको दक्षता नहुने र दलालहरूले बाँडेका सपनामा चुर्लुम्मै डुब्नेहरू शतप्रतिशत ठगिने गर्दछन् । यस्तो भिसामा आएर पीडित बनेकाहरू चरम आर्थिक समस्यामा पर्ने मात्र होइन आत्महत्या समेत गरेका घटनाहरू छन् । लामो समय देखी श्रमिक समस्यालाई नजिकबाट नियाली रहेका नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँले आजाद भिसालाई ’ठग्ने मुख्य व्यापार’ भएको बताउँछन् ।

मियाँ भन्छन् ’विदेशीले ठग्नु स्वाभाविक होला, यहाँ त विभिन्न सामाजिक अभियानमा क्रुयाशिल नेपालीहरू नै कथित आजाद भिसाका कमिश्नर छन् ।’ कतिले यसैलाई मुख्य पेसा बनाएर अकुत पैसा कमाएका छन्। आजाद भिसाको विकराल अवस्था देखेर नै कतार स्थित नेपाली नियोगले कामदार ल्याउन मापदण्ड तोकेको हो।

सरकारले जति कडाइ गरे पनि एक न एक उपाय नेपालीले निकाली हाल्छन् आजाद भिसा व्यापारीहरू कतिसम्म चलाख हुन्छन् भने कतारमा मान्छे ल्याउन पर्योी डिमाण्ड लेटर छैन, नेपालमा श्रम नबन्ने अवस्था आयो भने नक्कली स्टिकर बनाएर समेत प्रयोग गर्छन् भने वैकल्पिक बाटोको रूपमा नेपालबाट गल्फको कुनै एक देशमा भिजिट भिसामा उडाउछ्न एक दुई रात त्यहाँ बसाएर कतारमा वर्किंग भिसामा बिना श्रम छिराउन सफल हुन्छन्न् तर पछिल्लो समय कतार सरकारले नेपालमा भिसा सेन्टर खोले पछि यसमा केही न्यूनीकरण देखिए पनि समस्याहरू यथावत् नै छन् ।

विशेषतः देखिएका यस्ता विविध समस्यालाई निराकरण गर्न नेपाल सरकार वैदेशिक रोजगार विभागले मङ्गलवारदेखि नै पासपोर्टमा टाँस्ने श्रमको स्टिकरको सट्टा ई–स्टिकर दिन सुरुआत गरेको छ ।

यसले दलालहरूले नक्कली स्टिकर बनाएर अवैध बाटो सोझा साझा व्यक्तिलाई विदेश पुर्यावउने क्रम निरुत्साहित हुने अपेक्षा गरिएको छ । खाडी लगायत कतारको विकासमा नेपालीहरूले पुराएको योगदानको कतार सदैव प्रशंसा गर्दछ र सधैँ नेपाल र नेपाली लाई धन्यवाद पनि दिई रहेको छ ।

नेपालीहरूका लागि वर्किंगभिजिट, टुरिस्ट, बिजनेस, र फ्यामिली गरी ४ किसिमका भिसाको व्यवस्था पनि गरेको िसबै भिसाको आफ्नो आफ्नो दायरा छन् िकानुन र नीति छन् िकतारले नेपाली आप्रवासी कामदारको लागि कहिले पनि कडाइ गरेन धेरै कुरामा ियसकै फाइदा कतारमा धेरै नेपाली तथा एसियन व्यापारीहरूले उठाई रहेका छन्, यही नै दुर्भाग्य हो। लेखक मोना कतारका अध्यक्ष हुन् ।