गुर्जामा स्वचालित मौसम उपकरण जडान गरिने

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जामा मौसमी सुचनाहरु संकलन गर्ने स्वचालित उपकरण जडान गरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा तथा भौगोलिक रुपमा विकट रहेको गूर्जामा हावाा, बर्षाका साथै अन्य मौषमी जानकारी लिने गरी उपकरण जडानको तयारी गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘आवश्यक उपकरण समेत जिल्लामा भित्रिएको छ,‘प्राविधिक सहितको टोली गूर्जामै पुगेर जडान गर्ने छ’ प्रजिअ ढकालले भने ।

केन्द्रबाट उपकरण जडान सहितका बिषयमा विभागको टोलीले प्रजिअ ढकाललाई समेत भेटेर आफ्नो योजना बाारेमा जानकारी गराएका थिए । जिल्लाको दुर्गम क्षेत्र भएकाले पनि हावााको गती र बर्षाको अवस्थाका बारेमा जानकाारी लिन सहज हुने बताइएको छ । मौसमी सुचनाहरु संकलन गर्ने र सो सुचनाहरु इन्टरनेटको सहायता तथा अन्य माध्यमबाट समेत जानकारी पाउन सकिने बताइएको छ ।

मौसमजन्य प्रकोपको समयमा व्यबस्थापन र उद्धार कार्यमा सहज हुने गरी जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत सहकार्य गर्ने बताइएको छ ।जलबायुजन्य प्रकोप जस्तै बाढी, चिसो र तातो अवस्थाको तापक्रम र बर्षाको सुचनाले पूर्व तयारीमा समेत सहज हुने बताइएको छ । गतबर्ष गूर्जा हिमालमा विदेशी आरोही सहितको ज्यान गएपछि उक्त क्षेत्रको मौषमी जानकारीमा बारेमा चासो लिने गरिएको छ । यसअगाडी म्याग्दी र कालिगण्डकी नदीमा पानीको बाहव मापन गर्ने उपकरण जडान गरिएपनि त्यती प्रभावकारी देखिएको छैन् ।