बेनी अस्पतालमा पाटन स्वास्थ्य प्रतिष्ठानबाट दुईजना विशेषज्ञ चिकित्सक खटिए

बेनी अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा तत्काल दुईजना बिशेषज्ञ चिकित्सकले सेवा दिन थालेका छन् । म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत र बागलुङको पश्चिम क्षेत्रबाट आउने विरामीलाई सहज हुने गरी सर्जरीतर्फ यूगल ज्योती नेपाल र मेडिसिनमा डा. सुदिप अधिकारीले नियमित सेवा दिन सुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘बेनी अस्पतालका ठूलो उपलब्धी हो, ‘उहाँहरुको उपस्थितीले गुणस्तरीय सेवालाई थप सहज भएको छ’कटुवालले भने ।

अस्पतालका प्रमुख डा. घिमिरेको पहलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत तत्काल एकबर्षका लागि सम्झौता भएको अध्यक्ष कटुवालले बताए । उनका अनुसार आधुनिक उपकरणको प्रयोग, गुणस्तरीय उपचार र शल्यक्रिया सहितको प्रसुती सेवामासँगै विशेषज्ञ चिकित्सकको उपस्थितीमा नियमित एपेन्डिक्स, हर्निया, हाईडोसिल,सहित माईनर सल्यक्रियाको सुविधा समेत उपलब्ध रहेको बताए ।

उनले विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि बैकल्यिक माध्यमबाट ल्याइएकाले अप्रेसन सहितको सेवाको दायरा फराकिलो बनाउन सहज भएको बताए ।जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै शाखा समेत बनाइएको छ ।आकस्मिक सेवासहित प्रयोगशाला, एक्सरे लगाएत प्रदेश सरकार अन्तरगतका सेवाहरुलाई समेत थप गर्ने गरी केही नयाँ उपकरणहरु समेत ल्याउने बताए ।

विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको आगमनसँगै अस्पतालमा बिरामीको चाप समेत बढेको छ । ‘तीनमहिनामा एकपटक स्वास्थ्य शिविरको योजना छ,‘पाटन स्वास्थ्य प्रतिष्ठानले यहाँको आवश्यकतामा सहयोग पुगेको छ’ डा. मनोज घिमिरेले भने। उनले तीन महिनामा चिकित्सक परिवर्तन हुने बताए । फरक–फरक चिकित्सक आउने भएपनि सेवामा कुनै कमी हुने छैन्। बिशेषज्ञ चिकित्सकको अस्पतालमै दरबन्दी भएपनि प्राप्त नहुदाँ पाटन स्वास्थ्य प्रतिष्ठानबाट सहयोग लिइएको बताए ।यता पाटन स्वास्थ्य प्रतिष्ठानबाट आएका डा. नेपाल र अधिकारीले बिरामीलाई आवश्यकता अनुसारको सेवाका लागि तयार रहेको बताए।

उनले जिल्लाभित्र समय अनुकुल भएमा ग्रामिण क्षेत्रमा समेत गएर शिविरमार्फत सेवा दिन तयार रहेको तबाए। अस्पतालमा निक साईमन्स इस्टिच्युटको सहयोगमा अप्रेशनसहितको प्रसुती सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि महिला तथा बालबालिकालाई धेरै सहज भएको छ। अस्पतालका केही चिकित्सक र स्वास्थ्यकर्मीको रुखो बोली, स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने शब्दका कारण भने अस्पतालले गुनासोको समाना गदैं आइरहेको छ ।