नेपाल बैंक बेनीमा टोकन प्रणाली, लाइनमा बस्नुपर्ने झञ्झट हट्यो

बैंकको काउण्टरतर्फ प्रस्थान गर्ने गेट नजिकै राखिएको मेशिनबाट सेवाग्राहीले टोकन लिन्छन् । नगद, सुन कर्जा, बचत गर्ने वा चेकबाट भुक्तानी लिने भन्ने नम्बर सहितको टोकन मेशीनले उपलव्ध गराउँछ । नजिकै रहेका बैंकका सुरक्षाकर्मीले समेत सेवाग्राहीलाई सघाउँछन् । माइकबाट नम्बर अनुसार सेवाग्राहीलाई बोलाइन्छ र तत्कालै सेवा प्रदान गरिन्छ । नेपाल बैंक म्याग्दी शाखाले सेवाग्राहीलाई लक्षित गरी टोकट प्रणालीको लागु गरेको छ ।

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवालाई प्राथमिकता दिदैं आएको बैंकले टोकल प्रणालीको सुरु गरेपछि सेवा प्रवाहमा सहज भएको छ । टोकन प्रणाली लागु गरेसंगै ग्राहकलाई लामो समय लाइनमा बसी राख्नुपर्ने झन्झट हटेको छ,‘पहिलो ग्राहकले पहिलो सेवा पाउँनुहुन्छ’ शाखा प्रबन्धक मोहन लामिछानेले भने । उनले सेवाग्राहीले आफ्नो पालो मिचिएको गुनासो गर्ने, समयमै सेवा पाउन नसकेको, लामो समयसम्म लाइनमा बस्नुपर्ने लगाएतका समस्याबाट मुक्त भएको बताए।

उनले टोकन प्रणाली सुरु गरेसँगै सेवाग्राहीलाई बस्ने गरी केही संरचना थप्नुपर्ने बताए । टोकन प्रणालीले काउण्टरमा समेत कर्मचारीलाई काम गर्न सहज भएको बताए। यता सेवाग्राहीले टोकन प्रणालीको प्रयोगले सहज भएको बताएका छन् । विगतमा लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै आफ्नो टोकनको नाम माइकबाट आएपछि काउण्टरमा जादाँ छिटो काम हुने गरेको बताए । बैंकमा दैनिक १ सयदेखि ३ सयसम्म सेवाग्राहीले सेवा लिने गरेका छन् । बैंकले ७० करोढ कर्जा प्रवाह गरेको छ भने ४५ करोड निक्षेप रहेको छ ।