सकियो माउण्ट एभरेष्टको खेलकुद सप्ताह

माउन्ट एभरेष्ट आमावीको खेलकुद सप्ताह समापन भएको छ । विद्यालयको प्राङ्गनमा आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले खेलकुदमार्फत विद्यार्थीको क्षमता विकासमा समेत सहयोग पुग्ने बताए ।

उनले जिल्लाबाट स्थापित खेलाडीले विस्तारै क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलमा समेत प्रतिनिधित्व गर्न सफल भएको बताउँदै विद्यालयलेऔपचारिक शिक्षामा मात्र नभइ खेलकुदलाई समेत प्राथमिका दिएकोमा प्रशंसा गरे । सोही अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विद्यालयस्तरमा आयोजना हुने खेलबाट जिल्लास्तरीय हुदै राष्ट्रियस्तरसम्म पुग्न सहज हुने बताए ।

व्यवहारिक शिक्षा र खेलकुद अपरिहार्य रहेको बताए ।खेलकुद सप्ताहको अवसरमा आयोजित कार्यक्रमको बीचमा रिडे दौड सम्पन्न गरिएको थियो । सोही अवसरमा विजेता विद्यार्थी र सबैभन्दा धेरै गोल्ड मेडल विजेता सदनलाई ट्रफी समेत प्रदान गरिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए ।

विद्यार्थी सहित अभिभावकको समेत उत्साहजनक सहभागिता रहेको समापन कार्यक्रमलाई राष्ट्रपति कपको पूर्व तयारीको रुपमा समेत लिइएको विद्यालयका प्रधानाध्यापक आ.के चौधरीले बताए ।

प्रतियोगिता अन्तरगत अभिभावकको १५ टिम भलिबल टोलीमार्फत खेलकुद गतिविधि सञ्चालन गरिएको थियो । सप्ताह अन्तरगत रिले दौड, हाईजम्प, लङ जम्प, ट्रीपल जम्प, भलिबल, कवड्डी, उसु, कराँते टेक्वान्डो म्युजिकल चियर र शटपुट खेलमा लगाएत विभिन्न खेलमा विजय भएका खेलाडीलाई पदम समेत वितरण गरिएको थियो । कार्यक्रमको सभापति विद्यालयका सञ्चालक प्रमोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।