म्याग्दीका श्रेष्ठ टेक्वान्डो खेल्न सिंगापुर र मलेसिया प्रस्थान

म्याग्दीका एक यूवा सिंगापुर र मलेसियाामा आयोजना हुने सातौं अन्तराष्ट्रिय टेक्वान्डो क्याम्पियनसिपमा भाग लिने प्रस्थान गरेका छन् । बेनी नगरपालिका वडा नं ८ का सुशील कुमार श्रेष्ठले आगामी नोभेम्बर १७ र १८ गते हुने प्रतियोगितामा सहभागी हुन शुक्रबार नेपाली टोलीसंगै प्रस्थान गरेका हुन् ।

म्याग्दीका साथै राष्ट्रियस्तरका खेलमा समेत पदक जितेका श्रेष्ठलाई विदाई गरिएको टेक्वान्ढो महासंघका केन्द्रिय सदस्य समिर रुम्बाले बताए । उनका अनुसार प्रतियोगितामा श्रेष्ठबाट पदकको सम्भावना रहेको बताए । अनुभव, नियमित अभ्यास सहित विगतका खेलहरुमा समेत श्रेष्ठले उत्कृष्ट खेल देखाउन सफल भएका थिए ।नेपाली तेक्वान्डो खेलाडीहरुलाई विजयी शुभकामना सहित बिदाई गरिएको थियो । म्याग्दीमा समेत टेक्वान्डो खेलको नियमित प्रशिक्षण हुने गरेको छ।