भलिबल खेल्न राष्ट्रिय खेलाडी राजु थकाली अस्ट्रेलियामा

राष्ट्रिय भलिबल खेलाडी राजु थकाली भलिबल खेल्न अस्ट्रेलिया पुगेका छन् । नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीमा समेत रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलेका खेलेका म्याग्दी जिल्लाको मंगला गाउँपालिका–५ अर्मन टिकावाङका
थकालीले जलजला परिवारले आयोजना आगामी डिसेम्बर २२ गते देखि हुने प्रतियोगितामा थकाली सेवा समाजबाट खेल्न अस्ट्रेलिया पुगेका हुन् ।

नेपालको विभागीय टोली अन्तरगत नेपाल प्रहरीमा चारबर्षदेखि आवद्ध छन् । नेपाल भलिबल संघले घोषणा गरेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय टोलीमा छनौट भएपनि चलाखीपूर्ण तरिकाले राष्ट्रिय टोलीबाट हटाइएपनि थकालीले हरेक खेलमा चमत्कारी खेल प्रर्दशन गर्ने गरेका छन् ।

अग्लो उचाई, मिजासिलो स्वभाव र दरिलो आत्मविश्वास बोकेर मैदानमा प्रवेश गर्ने गरेका थकालीले आफ्नो समुहलाई उपाधी जिताउन सक्दो प्रयास गर्ने बताए। ‘प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्नेछु,‘भलिबलको क्रेज यहाँ पनि उस्तै छ’ थकालीले बेनीअनलाइनलाई भने । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आफुँले अहिलेसम्मकै उत्कृष्ट खेल देखाउन सक्दो प्रयास गर्ने बताए।

थकालीले गतबर्षको आठौ राष्ट्रिय खेलकुदमा प्रहरीलाई उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भलिबल टोलीमा थकाली ओपन स्पाइकर हुन् । राष्ट्रिय टोलीबाट धेरै खेलमा सहभागि भएका थकालीको स्पाइक विपक्षीले रोक्न मुस्किल हुन्छ । नेपाल प्रहरीमा आवद्ध भएलगत्तै अभ्यास तथा केही प्रतियोगितामै उत्कृष्ट खेल देखाएका थकालीले प्रहरीका सिनियर खेलाडीको अभावलाई मेट्ने गरेका छन् ।

पछिल्लो समय नेपाल प्रहरीको टिममा चम्किएका थकालीले हरेक प्रतियोगितामा अन्तिम समयमा खेललाई नाटकीय परिवर्तन गर्ने खुवी भएकाले पनि सिनियर खेलाडीको पोजिसनमा पर्ने गरेका छन् । विपक्षीको प्रहारलाई थकालीले अग्लो पहाड जस्तै रोक्न सक्छन् । केहीबर्ष अगाडी साक राष्ट्र बंगलादेशमा सम्पन्न भएको एशियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल खेलमा विश्वमै भलिबल खेलमा शक्तिशाली मानिने तुकिस्तानसंगको खेलमा थकालीको खेललाई अहिले पनि विभागिय टोलीमा बेलाबेलामा चर्चा हुने गरेको छ ।