पश्चिम म्याग्दीको दरबाङबाट बेनी तर्फ आउँदै गरेको बोलेरो तातोपानीको फापरखेत पहिरोमा दुर्घटना भएको छ । बेनी नगरपालिका–४ सिंगा तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने पहिरो नजिकबाट बा१४च ८१० नम्बरको बोलेरो दुर्घटना हुँदा बेनी मंगलाघाट बस्ने ललित बानियाँ र सुन्दर खड्का घाईते भएको घटनास्थलबाट प्रहरी सहायक निरिक्षक त्रिलोचन पौडेलले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार बोलेरोको आधा भाग म्याग्दी खोलामा परेको छ । घाईतेको स्थानीय र प्रहरीले उद्धार गरी बेनी अस्पतालमा पठाइएको छ । घाईतेमध्ये एकजनाको टाउकोमा र अर्काको खुट्टामा चोट लागेको जनाइएको छ । बोलेरोले दरबाङमा सामान छोडेर फर्किएको अनुमान गरिएपनि दुर्घटनाका कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply