अर्थुङे सामुदायिक युबा क्लबको अध्यक्षमा पौडेल

अर्थुङे सामुदायिक युबा क्लबको दोस्रो अधिवेशनबाट नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र पौडेल,सचिब जिबन पौडेल, सह–सचिब मनोज बानियाँ, कोषाध्यक्ष कान्ति पौडेल रहेका छन् ।

अधिवेशनबाट सदस्यमा अस्मी केसी, बिशाल हमाल, नवीन पौडेल,अशोक पौडेल, मनिसा नेपाली र मनिष पौडेल रहेको राजेन्द्र खत्रीले बताए । उनका अनुसार सल्लाहकार संयोजकः सुन्दर बानियाँ, सल्लाहकारमा यादब सुवेदी,अमृत सुवेदी,कुमार ढुंगाना, नगेन्द्र केसी, राजेन्द्र केसी, सुनिल बानियाँ रहेका छन् ।

बेनी नगरपालिका वडा नं ६ मा खेलकुद सहित सामाजिक गतिविधिमा सक्रिय हुने गरी यूवाहरुको भेलाले क्लव खोल्ने निर्णय गरेका थिए। नयाँ क्लवभन्दा पुरानो दर्ता भएको क्लवमार्फत सामाजिक गतिविधिमा सक्रिय हुने अध्यक्ष पौडेलले बताए । उनले बेनपा ६ कार्यक्षेत्र भएपनि आवश्यकता अनुसार अन्य वडाका क्लवहरुसँग समेत सहकार्य गरी काम गर्ने बताए ।