म्याग्दीका मुस्मिलले हजरत मुहम्मदको जन्मोत्सवमा मनाए(भिडियो)

म्याग्दीका मुस्लिम समुदायले १४९४ औं हजरत मुहम्मद जन्मोत्सवको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेका छन् । म्याग्दी मुस्लिम समाज सेवा समितिले बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरी इस्लाम धर्मका अन्तिम सन्देष्टा (पैगम्बर) हजरत मुहम्मद सल्लल्लाहु अलैही बसल्लमको १४९४ औं जन्मोत्सव मनाइएको हो ।

फलफुल वितरण कार्यक्रममा बोल्दै सेवा समितिका अध्यक्ष रहमद खाँ ले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए । उनले इस्लामको अर्थ शान्ति हो भएकाले नियमित प्रवचनमा विश्वमा शान्तिको कामना समेत गर्ने गरेको बताए । अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले हिन्दु सहित अन्य धर्मालम्बीहरुको कार्यक्रममा समेत सहभागि भएर मुस्लिम समुदायले धेरै रचनात्मक कार्यहरु गरेको बताए ।

अस्पतालमा रहेका १८ जना बिरामीलाई फलफुल सहित हरलेस वितरण गरिएको अगुवा अन्जित खानले बताए ।कार्यक्रममा धर्मगुरू मौलाना मोहम्मद जलालुदिन,सेवा समाजका उपाध्यक्ष अमिर दिन, सचिव मोहम्मद जलिल, सहसचिव ओजिर दिन, कोषाध्यक्ष दाउद खाँन लगाएतको उपस्थिती रहेको थियो । म्याग्दी तथा आसपासका क्षेत्रमा करिव १ सयबर्ष अगाडी भित्रिएका मुस्लिम समुदायहरू मध्ये अहिले करिव ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन्।