साउदी अरबमा निउरे घरफिर्ती अभियानले तिब्रता पायो (सहयोग विवरण)

साउदी अरवको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई जेलमुक्त गर्ने अभियानमा मोना साउदी अरवले आर्थिक संकलन अभियानलाई तिब्रता दिएको छ ।

सहकर्मी हत्याको अभियोगमा ६ बर्षदेखि साउदी जेलमा रहेको समाचार बेनीअनलाइन र बेनी साप्ताहिकमार्फत प्रकाशित भएपछि निउरेलाई घर फिर्तीमा आवश्यक पर्ने आर्थिक सहयोग सहित कानुनी प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको मोना साउदी अरवका अध्यक्ष विपिन पौडेलले बताए । ‘यहाँको जेलमा परेको समाचार सार्वजनिक भएपछि हामीले प्रक्रियालाई छिटो बनाउन सक्दो प्रयास गरेका छौ,‘धन कमाउन आएको म्याग्देली जेलभित्र पस्दा हाम्रो पनि मन दुख्छ’ पौडेलले भने ।

उनले आर्थिक संकलन अभियानले तिब्रता पाएको बताए । म्याग्देली सहित नेपालीहरुमार्फत सहयोग संकलनलाई तिब्रता दिएको बताउँदै अभियानमा जोडिन विश्वभर रहेका म्याग्देलीलाई समेत अनुरोध गरेका छन् । २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेको अवस्थाका बारेमा समेत बुझ्ने प्रयास भएको बरिष्ठ उपाध्यक्ष सुबोध बरुवालले बताए । मृतकका परिवारले ३० लाख नेपाली क्षर्तीपुर्ती माग गरेका छन् ।

साउदीको कानुन अनुसार मृतकका आफन्तले माग गरेको रकम बुझाउन सकेमा मृत्युदण्डलाई समेत रोक्न सकिन्छ ।

धेरै नेपालीले ब्लड मनि बुझाएर फर्किएका उदाहरणरु समेत छन् । नेपालमा निउरेको घरफिर्ती अभियानमा मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालु,काठमाण्डौबाट बलभद्र ढकालले प्रक्रियामा सघाइरहेका छन् । मोना आइसी, मोना यूएईले समेत यसअगाडी समिति नै बनाएर अभियान सुरु गरेको छ ।

आर्थिक सहयोगका लागि

अध्यक्ष =बिपिन पौडेल 0554989659
बरिस्ठ उपाध्यक्ष=सुबोध बरुवाल 0581752374
महासचिव =तिलक पुन मगर 0505897376
कोषाध्यक्ष =पबि शर्मा 057214079