मोना आइसीले निउरेको घर फिर्ती अभियानमा सघाउने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसीले साउदी अरवको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियान सुरू गर्ने भएको छ।

मोना आइसीको शुक्रबार बसेको अनलाइन बैठकमार्फत हत्याको आरोपमा ६ बर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई आवश्यक पर्ने आर्थिक जुटाउन मोना आइसीका उपाध्यक्ष आशा पाइजाको संयोजकत्वमा सचिव रमेश पौडेल र कोषाध्यक्ष मुक्ति राको सदस्य रहेको तीन सदस्यी समिति गठन गरेको महासचिव विक्रम कार्कीले बताए ।

‘बैठकमा अध्यक्षमार्फत धेरै विषयमा जानकारी भयो,‘हामीले बैठकका निर्णयलाई कार्यान्वयनमा जोड दिएका छौ’ कार्कीले भने । बैठका विषेशगरी २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेलाई घर फिर्ति अभियानमा सम्पूर्ण एनसीसीलाई जानकारी गराउने र आर्थिक संकलनलाई तिब्रता दिनेमा केन्द्रित भएको थियो ।

मृतकका परिवारले ३० लाख नेपाली क्षर्तीपुर्ती माग गरेका छन् । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिकस्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेको समाचार बेनीअनलाइन र बेनी साप्ताहिकले प्रकाशित गरेको थियो ।

उनलाई घर फिर्ती अभियानमा पछिल्लो समय काठमाण्डौबाट बलभद्र ढकालले समेत कागजी प्रक्रियामा सहयोग गरेका छन् । बैठकमा अध्यक्ष जुग्जालीले विश्वभर रहेका म्याग्देलीहरुमाझ मोनाका गतिविधिहरूलाई विस्तार गर्ने, तेस्रो महाधिवेनमार्फत जारी घोषणापत्रलाई कार्यान्वयन गर्ने लगाएत संस्थागत गतिविधि, नेपालमा मोनामार्फत गरिएका कार्यहरुका बारेमा समेत जानकारी गराएका थिए । बैठकमा मोना आइसीका पदाधिकारी, सदस्य लगाएतको उपस्थिती रहेको थियो ।