बारीमा मृत शिशु फेला परेपछि किशोरी आमा पक्राउ

मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।कानेपोखरी ६ स्थिा रमाइलो बजारको रमाइलो डायग्नोष्टिक सेन्टरको पछाडि शिशुको शव फेला परेको हो । डायग्नोष्टिकको नजिकैको साँध जोडिएको मेनुका दवाडीको करेसाबारीमा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शिशु फाल्ने किशोरी आमालाई नियन्त्रणमा लिइएको जनाएको छ । डायग्नोस्पिटक सेन्टरलाई निगरानीमा राखिएको प्रहरीको भनाइ छ । डायग्नोस्टिक सेन्टरमा गर्भपतन गरिएको वा प्रसूति गराउँदा मृत भएको हुनसक्ने गाउँलेले अड्लबाजी गरेका छन् । शिशुको शल्यपरीक्षणका लागि इलाका स्वास्थ्य चौकी मंगलबारे पठाइएको इप्रका पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए ।

सेन्टरका सञ्चालक प्रकाश धिमालले १७ वर्षीय विश्वकर्मा थरकी किशोरीलाई ज्वरो आएको र जाँच गरिदिने आफूले भनेको बताउँदै भने,‘‘बाउछोरी आएर वाकवाकी पनि लागेको छ भन्दै डेङ्गु हो की के हो भन्दै चेकजाँच गर्न भनेका हुन । मैले सिस्टरलाई फोन गरेर बोलाएको हो । सिस्टरले रगत जाँचेपछि पिसाब चेक गर्न पर्छ भनेपछि पिसाब लिन शौचालय गएका थिए, उतै के-के गरे थाह भएन ।’’ आफूले भोलिपल्टमात्र रगत बगिरहेको छ भनेपछि यँहा उपचार हुँदैन भनेर अन्तै लैजान सुझाव दिएको दाबी गरे ।

शिशुलाई पुरेको अवस्थामा फेला पार्ने मेनुका दवाडीले टमाटर रोप्न जमिन खस्रदा बच्चाको हात निस्किएको बताइन् । डायग्नोष्टिक सेन्टरमा गएर जानकारी गराउँदा डेलिभरी केस आएको र बच्चा मरेको जन्मिएको भन्ने सेन्टरका सन्चालक धिमालले जवाफ दिएको बताइन । गर्भपतन गरेको वा प्रसुति गराउँदा बच्चाको ज्यान गएकोले त्यहा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

वडामा घटेको घटनालाई निष्पक्ष रुपमा छानविन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने वडा अध्यक्ष खड्ग बहादुर बस्नेतले बताएका छन् ।