छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः
–बच्चाको पिसाबथैली सानो छ ।
–पिसाबथैली परिपक्व भइसकेको छैन ।
–शरीरमा बढी पिसाब उत्पादन हुन्छ ।
–पिसाब नलीमा संक्रमण छ ।
–बच्चालाई कब्जियत छ ।
–बच्चाको शरीरमा हर्मोनको असन्तुलन छ ।
–बच्चा एकदमै गहिरो निदाउँछ, जसकारण पिसाब गरेको पत्तै पाउँदैन ।
कसरी रोक्ने ?
दालचिनी
ओछ्यान भिजाउने बच्चाहरूका निम्ति दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने अथवा दालचिनी पाउडर छर्किएर खाजा ख्वाउने गरेमा ओछ्यानमा पिसाब फेर्ने क्रम रोकिन्छ ।
अमला
दुईवटा अमला राम्रोसँग पिस्ने र यसमा एक चमच मह  र एक चिम्टी बेसार मिसाइ पेस्ट बनाउने । यसरी तयार पारेको पेस्ट बच्चालाई हरेक बिहान एक चम्चा खान दिने । यसो गर्नाले ओछ्यानमा पिसाब फेर्न रोकिन्छ ।
ओखर र किसमिस
बच्चालाई सुताउनुअघि दुईवटा ओखर र पाँचवटा किसमिस ख्वाउने गरेमा केही सातामै बच्चाले ओछ्यान भिजाउन छोड्छ । nagariknews.com

Leave a Reply