घरमा लगिएको उत्तर पुस्तिकामा लेखेर त्रिविको परीक्षा पास

त्रिविले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तर पुस्तिका साट्ने गरेको खुलेको हो । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारयण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् । चौधरी र दाहाल अख्तियारको फन्दामा छन् भने छात्रा फरार रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्न नपर्ने समाचार पनि प्रकाशित गरेको छ । छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरुले बताएका छन् । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि प्राथमिकता नपाउँदा नेपाल एयरलाइन्सले मासिक करोडौ नोक्सानी व्यहोर्नुपरिरहेको भन्दै ‘आफ्नै विमानस्थलमा नियतवस होल्ड गराइन्छन् निगमका जहाज’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

एयर ट्राफिक कन्ट्रोलरले विदेशी जहाजलाई प्राथमिकता लिएर अवतरण गर्न दिन्छ । दुई महिनमा जहाज १२० घण्टा होल्ड हुँदा निगमलाई करिब २५ करोड नोक्सान भएको समाचारमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित गरेको छ ।